धरान/ वर्षातको समयमा आएको बाढीले भत्काइदिएको बाटो धरान ६ पानवारीका भुपाल राईले व्यक्तिगत खर्चमा बनाइदिएका छन् ।
बाढीले बाटो भत्काइदिए पछि आवातजावतमै असहज हुँदै गए पछि पानवारीको घोपाली टोल स्थित सिंहदेवी मार्गको बाटो राईले आफ्नै खर्चमा बनाइदिएका हुन् । राईले खोलाले भत्काएको बाटोको खाल्डाखुल्डी पुरेर आवातजावतका लागि सहज बनाई दिएका हुन् ।
गत बुधबार करिब ४० हजार रुपैया बराबरको १० ट्याक्टर गिटी ल्याएर खाल्डाखुल्डी पुरिदिएका हुन् । राई नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाती महासंघ धरानका सभापति समेत हुन् । बाटो विग्रिएको कारणले हिड्न नै मुस्किल हँुदै आएको सिंहदेवी मार्गका सोम बहादुर राईले बताए । उनले भने, ‘दुख बिराम हँुदा सवारी साधान समेत हिडाँउन कठिन थियो तर अव भने केही सहज हुने भएको छ, दीर्घकालिन समस्या समाधानको लागि ड्रेन सहितको वाटो निर्माण गर्नु पर्ने आवश्यक्ता छ ।’
सिंहदेवी मार्गको बाटो हरेक वर्षा याममा खोला कुद्ने गरेको खेम मगरले वताएका छन् । उनले बाटोको समस्याको वारेमा अहिले सम्म कसैले सुनुवाई नगरेको भन्दै दुःख व्यतm गरे । धरान ६ पानवारीका वडाध्यक्ष भुवन सुवेदीले बाटोलाई स्तरोन्नती गर्नको लागि वजेट विनियोजन गरेको वताए । हाललाई ३ लाख वजेट विनियोजन भएकाले अव उपभोक्ता निर्माण समिती गठन गरेर बाटोको काम थालनी गर्ने पनि वडाध्यक्ष वस्नेतले बताए ।