धरान/ धरान जेसीसको शाखा अधिवेशनबाट वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी निर्वाचित भएका छन् । ३७ औं अधिवेशनबाट बुधबार वर्ष २०२१को अध्यक्षमा सर्वसमतरुपमा मणिराज अधिकारी निर्वाचित भएका छन् भने कार्यकारिणी उपाध्यक्षमा पदमा राजु शाह ,खेमकला काम्बाङ (आयुष्मा) निर्वाचित भएका छन् । त्यस्तै वर्ष २०२१कै लागि उपाध्यक्ष पदमा अनिल श्रेष्ठ, इन्द्र कार्की, रिमा थापा मगर र ऋषीराम भट्टराई निर्वाचित भएका छन् । बुधबार धरान २ स्थित जेसीस भवनमा सम्पन्न ३७ औ अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमको सभापति धरान जेसीज वर्ष २०२०का अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२१ का उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए भने का
सुनसरी÷ गायक प्रमोद खरेल फरक किसिमको साङ्गीतिक कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ इटहरी आउने भएका छन् । अ स्टोरी अफ योङ हर्टको आयोजनामा हुने कार्यक्रममा गायक खरेलले आफ्नो जीवनकथासँगै गीत पनि सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले जनाए । कार्यक्रममा खरेलले आप्mना दर्जनभन्दा बढी गीतहरू पस्किने कार्यक्रम छ । झन्डै एक वर्षअघि योजना बनेको भए पनि बन्दाबन्दीका कारण कार्यक्रम हुन नसकेको घिमिरेले सुनाए । सफल व्यक्तित्वहरूका कथा सुनाउँदा युवामा सकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले युवालाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको आयोजक संस्थाले जनाएको छ । शुक्रबारको कार्यक्रममा डाइनामि
इटहरी/ साहित्यकार तथा कलाकर्मीहरूको संगम स्थल काव्यवाटिकालाई संरक्षण गर्ने विषयमा बुधबार यहाँ छलफल भएकोे छ । काव्यवाटिकाको क्षेत्रभित्र वडा कार्यालयको भवन बनाउने समाचार बाहिरिएपछि साहित्यकार तथा कलाकर्मीहरूले विरोध जनाइरहेका छन् । इटहरी–५ मा करीब तीन बिघा जमिनमा फैलिएको काव्यवाटिकालाई कलासँगै सम्बन्धित सरोकारवालाहरूले संरक्षण गर्नुपर्ने छलफलले जोड दिएको छ । व्यवस्थापनको अभावमा लथालिङ्ग भएको मौका छोपेर आफ्नो स्वार्थ पूरा गर्न सो क्षेत्रभित्र वडा कार्यालय बनाउन केही जनप्रतिनिधिहरू सक्रिय भएको बताउँदै अधिकांश वक्ताहरूले यो षड्यन्त्र सफल हुन नदिने धारणा राखेका थिए ।
बिराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी थालिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी यही माघ २५ गते बैठक बोलाएको छ । बैठकमा अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी भएको हो, तर मुख्यमन्त्री राई पक्षका नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बन गरिएका १६ जना सांसद्लाई बैठकमा सहभागी गराइए बैठक अवरुद्ध गर्ने बताएका छन् । माघ ७ गते सुरु भएको प्रदेश १ संसद्को हिउँदे अधिवेशन जम्मा ३ मिनेट चल्यो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए 
इलाम: देशकै प्रमुख पर्यटकीय स्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट मात्र होइन, भारत र भुटानबाट समेत पर्यटकहरू आउँछन् । मनोरम चियाबारीमा सेल्फी लिनकै लागि कन्याममा भीड लाग्छ । तीन वर्ष अघिसम्म कन्याम नै इलामको एकमात्र प्रख्यात चियाबारी भनेर चिनिन्थ्यो । सुगम क्षेत्र र सडक भएकोले जो कोहीको मन कन्याममा तानिन्थ्यो । अहिले भने कन्यामझैं चियाबगानका कारण उत्तिकैै प्रख्यात बनेको छ, देउमाई नगरपालिकामा पर्ने पानीटार । तीन वर्षसम्म पानीटारबारे अधिकांश जिल्लावासीलाई नै थाहा थिएन । चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तुमात्र बु
धरान÷ धरान उमनपा कार्यपालिकाको सोमबार बसेको बैठकले नौवटा व्यवस्थापन तथा कार्यविधि स्वीकृत गरेको छ । बैठकले आगामी फागुन १० गते नगर सभाको बैठक बस्ने निर्णय गरेको छ । बैठकले मेलमिलाप र कुकुर व्यवस्थापन कार्यविधि, नगरसभाको मिति तोक्ने मापदण्ड, वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने, खानेपानी मुहान उपयोग, निर्माण सामग्रीको दर, उपभोक्ता समितिको प्रतिशत र खरिद गुरुयोजना सम्बन्धमा प्रस्ताव स्वीकृत गरेको हो । न्यायिक समितिले प्रचलित कानुनबमोजिम उजुरीको कारवाही र किनारा गर्दा मेलमिलापकर्तालाई व्यवस्थित गर्न अपनाउनुपर्ने कार्यविधि स्वीकृत भएको छ । उमनपाभित्र स्वच्छ र सफा वातावरण कायम गर्
विराटनगर: माघको कठ्याङ्ग्रिँदो जाडोमा मोरङको दक्षिणी क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । खेत हिल्याउने, बीउ काढ्ने र रोपाहारले धान रोप्ने गरेको दृश्य अहिले मोरङको सुनवर्षी क्षेत्रमा देख्न सकिन्छ । रङ्गेली नगरपालिका-६ का मधुवनी चोक, ननकार टोल र सुनवर्षी नगरपालिका–५ को झिङ्गी टोलमा वर्षैपिच्छे माघको मध्यमा रोपाइँ हुन्छ । ती क्षेत्रका किसानलाई अहिले धान रोप्ने व्यस्तता छ । माघको कठ्याङ्ग्रिँदो जाडोमा धान रोप्न महिलाहरू बिहानै मेलोतिर निस्कने गर्छन् । मानौ मुखिया धान रोप्न बिहानै देत पुग्छिन् । विगतमा पनि उनले माघमा धान रोप्ने गरेकी थिइन् । ‘मज
संखुवासभा : यहाँ निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न चार सय २९ मिटरको सुरुङमार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइएको बताइएको छ । बाँधस्थल मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा र
विराटनगर÷ सरकारले मोरङको सुन्दरहरैँचा नगरपालिकामा सरुवा रोग उपचार अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सोमबार अस्पताल शिलान्यास गरेका छन् । अस्पताल ५० शैय्याको प्रादेशिक स्तरको हुने मन्त्री ढकालले जनाए । सुन्दरहरैँचा–११ मा अस्पताल निर्माण हुनेछ । सरुवा रोगको उपचार गर्न प्रादेशिक अस्पतालको आवश्यकता महसुस भइरहेको सन्दर्भमा सुविधासहितको अस्पताल निर्माणको थालनी गरिएको मन्त्री ढकालले बताए । उनले अस्पतालबाट मोरङसहित प्रदेश १ भरिका नागरिकलाई सहयोग पुग्ने बताए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री हिक्मत कार्कीले मोरङको पूर्
इटहरी÷ के तपाईं सार्वजनिक रूपमा यात्रा गर्दा कुनै सवारी साधनले दुःख दिएको छ वा बस कर्मचारीले यौनजन्य गतिविधि गरेको छ ? अथवा तपाईंमाथि कुनै प्रकारको अभद्र व्यवहार गरिरहेको छ ? त्यसो हो भने अब नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुस्, त्यस्तालाई तुरून्त कार्वाही गर्ने प्रहरीले जनाएको । केही सातायता इटहरी प्रहरीले विभिन्न स्थानमा यस्तै अभियान चलाइरहेको छ । सार्वजनिक सवारी साधनहरूमा हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको यो अभियान अहिले प्रभावकारी पनि बन्न थालेको छ । सवारी साधनमा यात्रा गर्दा कसरी यौन हिंसामा परिन्छ र त्यस्तालाई कस्तो कार्वाही हुन्छ भन्ने विषयमा प्रहरीले व