धरान १४ का खेलाडीलाई सहयोग

  • फागुन २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ खेलाडीको प्रोत्साहनका लागि धरान १४ का खेलाडीहरुलाई ज्योति विकास बैंक धरान शाखाले नगद ६५ हजार सहयोग गरेको छ ।
खेलाडीहरुको वृत्ति विकासका सहयोग पुगोस् भन्ने उद्देश्यले विकास बैंकका शाखा अधिकृत प्रकाश साहले वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई नगद हस्तान्तर गरेका हुन् ।

स्थानीय सरकार खेलकुदको विकासमा लागिरहेको बेला अन्य क्षेत्रबाट पनि सहयोग उपलब्ध हुदा खेलाडीको खेल स्तर बढाउन सहयोग पुग्ने वडाध्यक्ष भट्टराईले बताए । उनले भने–‘स्थानीय सरकारले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न लागिरहेको अवस्थामा अन्य क्षेत्रबाट पनि खेलकुदको विकासका लागि सहयोग गर्दा सहज हुन्छ, आगामी दिनमा पनि सहयोग हुन्छ भन्ने विश्वास लिएको छु ।’

रकम हस्तान्तरपछि ज्योति विकास बैंकका शाखा अधिकृत साहले १४ नं.का युवा खेलाडीहरुको भविष्य देखेर नै सहयोग गरेको बताए । उनले भने–‘गत बर्ष र अहिले यहाको खेल खेरे अत्यन्तै उत्कृष्ट लाग्यो, हामीले गरेको सहयोगले केही हुन्छ भन्ने अभिप्रायले सहयोग गरिएको हो ।’
धरान १४ गोधुली क्लबले आयोजना गरेको गोधुली फुटबल प्रतियोगिताको गत बर्षको विजेता टिम हो भने यस बर्ष भने सेमी फाइनलमै बाहिरएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved