धरान l कोरोना सहज हुदै गएपछि धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा पूजाआजा गर्ने र भाकल गरेको परेवा उडाउनेको संख्या बढ्दै गएको छ । तर त्यहा चढाएको परेवाको व्यवस्थान नहुदा परेका मर्ने, सर्वसाधारणले मारेर् खाने लगायतका समस्या हुने गरेपछि मन्दिरकै लागि चढाएको परेवा घाडो हुने गरेको छ ।
नेपालकै शक्तिपिठमध्ये एक दन्तकाली मन्दिरमा विशेष गरी धरान लगायत भारतका विभिन्न स्थानबाट भाकल गरेकाहरुले परेका उडाउने गरेका छन् । परेवा उडाउदा आफूले भाकल गरेको कुरा पूरा हुने विश्वास लिइएको छ ।
दैनिक परेवा उडाउनेको संख्या भएपनि मन्दिरले परेवा व्यवस्थापनमा खोर निर्माणदेखि चारो दिने व्यवस्था नगर्दा कतिपय परेवा मर्ने गरेका छन् भने धेरै परेवा गुलेलीले हानेर मार्ने गरका छन् ।
कोरोना सहज हुदै गएपछि काठमाण्डौबाट भाकल पुरा गर्न धरानको दन्तकाली आएका दिनेश पौडेलले भाकल अनुसार परेवा उडाएको बताए । उनले दन्तकालीको महिमाको चर्चा सबैतिर रहेकाले पनि समय मिलाएर यहा आएको बताए । उनले भने–‘भाकल त धेरै अगाडि हो, कोरोनाका कारण सरकारले मन्दिर समेत बन्द गरिदिएपछि भाकल गरिएको परेवा समेत उडाउन पाइएको थिइन, बल्ल यो बर्षचाहि“ उडाए ।
दिनेशजस्तै धेरैले यसरी परेवा उडाउने गरका छन् । तर उडाएको परेवाको बासस्थान, चारो लगायतका विषयमा मन्दिरले कहिल्यै व्यवस्थापन गर्न सकेको छैन । शनिवारमात्र यो मन्दिरमा परेवा उडाउनेको संख्या १० भन्दा बढी थियो ।
मन्दिरका पूजारी कमल भट्टराईले विगतमा परेवाको बलि नै दिने गरेपनि नेपाल सरकारले शान्तिको प्रतीकको रुपमा रहेको परेवा बली दिन बन्देज गराएपछि दन्तकालीमा सर्वसाधारणले परेवा उडाउने गरेको बताए । उनले उडाएको परेवाको भने व्यवस्थापन गर्न नसकिएको बताए । उनले भने–‘दिनप्रतिदिन परेवा उडाउको संख्या बढ्दै गएको छ, परेवाको संख्या बढ्दा मन्दिरमा फोहोर हुन्छ । तर पनि यसको व्यवस्थापन गर्न सकिएको छैन ।’
परेवाको वासस्थान नहुदा परेवाहरु मन्दिरको टुडाल लगायत छानाको वरिपरि छ्यास्छ्यस्ती बस्ने गरेको उनी बताउछन् । मन्दिरमा आएकामध्ये १० देखि १५ जनाले भाकलको परेवा उडाउने गरेका छन् । तर यसको व्यवस्थापनका लागि मन्दिर सञ्चालक समितिले ध्यान दिन सकेको छैन ।