किर्ते अभियोगमा वडाध्यक्ष, मालपोत कार्यालयका कर्मचारी पक्राउ

  • फागुन २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।  पछिल्लो समय अगुवाहरु नै जालसाजी र भ्रष्ट मानसिकता भएको पाइएको छ । त्यसमा पनि स्थानीय जनप्रतिनिधि तथा जिम्मेवार सरकारी कार्यालयका कर्मचारी समेत यस्तो किर्ते काममा लागेको पाइएको छ ।

पछिल्लो समयमा अर्कैको जग्गा जग्गा कीर्ते गरेको आरोपमा संखुवासभामा एमालेबाट निर्वाचित वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रक्राउ पर्नेमा ३५ को वडाध्यक्ष किङसाङ भोटे, खाँदबारी–१ घर भई मालपोत कार्यालय खाँदबारीमा कार्यरत् नायब सुब्बा वर्ष ५१ का महेन्द्रकुमार पराजुली, मकालु गाउ“पालिका ४ घर भई लेखापडी व्यवसाय गर्दै आएका वर्ष ३५ को अनिष गुरुङ, वर्ष ३० का सुरेन्द्र तामाङ, वर्ष २१ की कल्पना भोटे, वर्ष २० की ङिमा लाजुङ भोटे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।

उनले भने–‘जिल्लाको भोटखोला गाउँपालिकाका वडा नम्बर ४ सिप्रुङका एक वृद्धालाई वृद्धभत्ता दिलाइदिन्छु भन्दै २७ रोपनी जग्गा कीर्ते गरेको खुल्न आयो त्यसपछि उनीहरुलाई पक्राउ अनुसन्धान थालेका छौं ।’

७० वर्षीया वृद्धा विममाया तामाङको जग्गा जालसाजी गरेर अर्कैको नाममा पास गरेको भनेर उजुरी परेको थियो । डिएसपी लालध्वजका अनुसार वृद्धा विममायालाई वृद्धभत्ताको कार्ड बनाइदिन्छु भनेर ललाइफकाइ मालपोत कार्यालय खाँदबारीमा जग्गा पास गराइदिएको पाइएको छ । जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरेको पाइएको उनले जानकारी दिए ।

गत फागुन २ गते अध्यक्ष भोटेले विममायालाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै सदरमुकाम खाँदबारी ल्याएका थिए । जिल्ला प्रशासन कार्यालय खाँदबारीबाट नागरिकताको प्रतिलिपी बनाएर विममायाका श्रीमान स्व. दलबहादुर तामाङका नाममा रहेको सम्पूर्ण जग्गाहरु विममायाको नाममा नामसारी गरिएका थिए ।

सोहीदिन नामसारी गरिएका जग्गाहरुमध्ये २७५ र २८० कित्ता नम्बरको जग्गा आफन्तका नाममा नामसारी गरिएको थियो । जसमध्ये कित्ता नं. २७५ को जग्गा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीले आफ्नो घरमा कोठाभाडामा बस्दै आएका पासाङ शेर्पाको नाममा रजिष्टेसन पास गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कित्ता नं. २८० को जग्गा वडाध्यक्ष भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्तरुपमा पास गरेका थिए । कल्पना भोटेको हकमा लेखापढी व्यवसायी अनिष गुरुङको नाममा वारेस भएको पाइएको प्रहरीले जनाएको छ ।लेखापढी गरेवापत गुरुङ गुरुङले अध्यक्ष भोटेमार्फत् ९ रुपैयाँ पारिश्रमिक भनेर लिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पासाङ शेर्पाको नाममा भएको कित्ता नम्बर २७५ को जग्गा नायब सुब्बा पराजुलीले आफनै श्रीमती कविताको नाममा नामसारी गरेको खुल्न आएको छ । उनले गत फागुन १६ गते मात्रै सो जग्गा श्रीमतीको नाममा पास गराएको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले अपर अरुण जलविद्युत परियोजनाको मुआब्जाबाट ठूलो रकम हात पर्ने लोभमा ठगेको पाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार सो जग्गा परियोजनामा परे अर्बौ रकम आउछ । बुबाको नाममा रहेको जग्गा दिदीको नाममा ल्याउन खोज्दा जग्गा त अर्कैको नाममा छ भन्ने थाहा पाएपछि उजुरी गरेको विममायाका भाइ सुरेन्द्र तामाङले जानकारी दिए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved