धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गल्ती लुकाउन सञ्चारमाध्यलाई दोष दिन थालेको छ । प्रतिष्ठानले शनिबार अक्सीजनको उपलब्धताका आधारमा मात्र विरामी लिने भन्दै घुमाउरो भाषामा विरामी भर्ना लिन नसक्ने आशयको विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पठाएको थियो । सञ्चारमाध्यमले विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिष्ठानको आशय सहितको समाचारहरु सम्प्रेशण गरे । प्रतिष्ठानले विरामी भर्ना नलिने आशयबको विज्ञप्ती जारी गरेको भन्दै समाचार सम्प्रेशण गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई चौतर्फी दबाब पर्यो । जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार सिडिओ ढकालले शनि
सुनसरी । मोरङको बिराटनगर १७ मटेरुवा चौकबाट लागूऔषध सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसि ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्मास्मो प्रोक्सीभोन प्लस ४ सय ३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका महिला माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । स्थानीय प्रशासनले लागु गरेको लकडाउनको पालना नगरेका कारण सुनसरीको विभिन्न स्थानमा मालवाहक सवारी साधनलाई प्रहरीले आइतबार विहानैदेखि नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनको निर्देशन विपरित मनपरी ढुगां, गिट्टी र वालुवा ओसारेर कोरोनाको संक्रमणको जोखिम वढाएको भन्दै प्रहरीले इटहरीको वुढी खोला, खनार चौक तथा तरहरामा विहानै देखी दर्जनौ टिपरलाइ नियन्त्रणमा लिएको हो । बढ्दो कोरोना संक्रमणलाइ नियन्त्रण गर्न स्थानीय प्रशासनले केही साता अघिदेखि सुनसरी जिल्ला भरीनै लकडाउन गरेको छ । लकडाउनका वेला निजि टिपरले वेलुका ८ वजेदेखी विहान ६ सम्म आफ्नो काम सक्ने स्थानिय प्रशासनले निर्देशन दिएपनि अटेर गरेका का
पूर्वमन्त्री एवं समाजसेवी राधाप्रसाद घिमिरेको शनिबार राती कोरोना संक्रमणबाट निधन भएको छ ।९१ वर्षीय घिमिरेकोे विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो ।विराटनगर–२ निवासी स्वर्गीय घिमिरे २०३० सालको नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा शिक्षा एवं सञ्चार राज्यमन्त्री भएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुन् भने २४ वर्षको उमेरमै उनी नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्य भएका थिए । स्वर्गिय घिमिरे नेपालमा कम्युनिष्ट पार्टिको पार्टि कार्यालय खोल्ने पहिलो ब्यक्तिपनि हुन् । उनी पुष्पलाल रायमाझि ,भारतमोहन अधिकारी,मनमोहन अधिकारीका सहयोद्धा
सुनसरी । प्रदेश १ को दुई जिल्लामा नदी र पोखरीमा पौडिन नसक्दा दुई जना बेपत्ता भएका छन् । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् भने भोजपुर अरुण गाउँपालिका ७ का २४ वर्षिय युवराज अधिकारीलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । प्रहरीका अनुसार शनिबार साँझ कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा पाण्डे डुबी बेपत्ता भएका हुन् । उनको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलि सहित स्थानीयको सहयोगमा खोजतलास भईरहेको छ । उता भोजपुर अरुण गाऊपालिका ७ का अधिकारी
सुनसरी । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै गए पछि बराहक्षेत्रमामा २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् । बराहक्षेत्र नगरपालिकाले जारी गरेको सुचनाको आधारमा वैशाख ५ गते यता २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नगरपालिकाको अनुसार निको हुने दर १९ दशमलव ९१ प्रतिशत रहेको छ भने मृत्यु दर ३ दशमलव ८८ प्रतिशत रहेको छ । बराहक्षेत्रमा अहिले सम्म १ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने नगरपालिकाको आइसोलेसनमा १८ मा रहेका छन् । नगरपालिकाले २ सय ९० जनाको पिसिआर तथा एन्टिजेन्ट परिक्षण गरेकामा ५० जनाको जाँचको रिपोर्ट आउन बाँकी रहेको जनाए
इटहरी । समुदाय स्तरबाट शुरूवातीमा लापर्वाहि बढेकै कारण इटहरीमा निषेधाज्ञा र लकडाउनकै बिचमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । पछिल्लो एक साता यता मात्र इटहरीभित्र २ सय ४ जना नयाँ संक्रमित थपिएका छन भने ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रसाशन कार्यालय सुनसरीले आगामि जेठ १४ गते सम्म निषेधाज्ञालाइ कडाइ बनाउने भनिएपनि इटहरीमा निषेधाज्ञाकै बेला संक्रमितको दर दैनिक उच्च देखिएको हो । गत साता १ सय २३ जना नयाँ संक्रमित थपिएको इटहरीमा यो साता २ सय ४ जना संक्रमित थपिन पुगेका छन् यो संगै इटहरीमा कुल संक्रमितको संख्या ११ सय २५ पुगेको छ भने संक्रमणकै कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । दैनिक देखि
धरान । स्थानीय सरकार र वन कार्यालय बीचको तालमेल नमिल्दा धरानमा खोलाको दोहन बढेर गएको छ । स्थानीय सरकारले खोला उत्खनन् गर्न ठेक्का लगाउँदा वन कार्यालयको अवरोध हुने गरेको छ । वनले आफ्नो क्षेत्राधिकार पर्ने भन्दै खोला उत्खनन्मा रोक लगाएको छ उता स्थानीय स्वायत्त शासन ऐन अन्र्तगत स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भन्दै ठेक्का लगाउँदै आएको छ । कसको कार्यक्षेत्र हो भन्ने कानुनी अन्यौलताले यस्तो अवस्था आएको हो । धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सेहरा, सेउती तथा सर्दु खोलामा ठेक्का लगाएको छ । डिभिजन वन कार्यालय सुनसरी त्यस क्षेत्रमा खोला उत्खनन् गर्न नहुने भन्दै रोक लगाउन आग्रह गर्
धरान । उच्च रक्तचाप भएका धरान १५ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ का ८२ वर्षिय पुरुषको मृत्यु भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता चुरामणी पोखरेलले जानकारी गराएका छन् । वृद्धाको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । उनलाई जेठ ४ गते कोरोना पोजिटिभ देखिए पछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको नियम अनुसार शव व्यवस्थापन गरिने पोखरेलले बताएका छन् ।
धरान । कोरोनाको संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएकाले एक साताका लागि बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु थप एक साताका लागि बन्द हुने भएका छन् । धरान उपमहानगरपालिकाले सुचना जारी गर्दै थप एक साता धरानका कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भै हुने सेवा प्रवाह नहुने सुचना जारी गरेको हो । जेठ १५ गते सम्मका लागि बैंक तथा वित्तिय संस्था बन्द हुने भएको हो । कोरोना भाइरसको जोखिम यथावतनै रहेकाले जेठ ८ गतेको निर्णयानुसार बैंक तथा वित्तिय संस्था बन्द रहने जनाएको छ । बैंक तथा वित्तिय संस्था बन्द रहे पनि एटिएम सेवा, मोबाइल बैंकिङ लगायतका सेवाहरु सुचारु हुने पनि जनाएको छ