झलनाथको निर्वाचन क्षेत्रमा उनैका उम्मेद्वार एमालेसँग पराजित

  • जेठ ४, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । नेकपा एकीकृत समाजवादीका नेता झालनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका छन् ।

खनालको निर्वाचन क्षेत्र रहेको इलामको माईजोगमाई गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवारसँग पराजित बनेका हुन । गठबन्धनको तर्फबाट समाजवादीका जीत बहादुर राई अध्यक्ष पदको उम्मेदवार थिए भने नेपाली काँग्रेसबाट उपाध्यक्षमा प्रविना राई उम्मेदवार रहेकी थिइन । उपाध्यक्ष पद गठबन्धनले जिते पनि अध्यक्षमा भने पराजय भोगेको छ । मंगलवार सम्पन्न भएको मत गणना अनुसार नेकपा एमालेका अध्यक्ष पदका कुश बहादुर थेबेले पाँच हजार एक सय ३५ मत प्राप्त गर्दे विजयी वने भने उनका निकटतम प्रतिद्न्धि एकीकृत समाजवादीका जीत बहादुर राईले ४ हजार ९ सय १३ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षपदमा नेकपा एमालेकी उम्मेदवार सावित्रा भट्टराईलाई गठबन्धनकी उम्मेदवार प्रविना राईले पराजित गरेकी छिन । राईले पाँच हजार एक सय ५९ मत प्राप्त गर्दे विजयी बनिन भने एमालेकी उम्मेदवार भट्टराईले चार हजार आठ सय ८३ मत प्राप्त गरिन् । पराजित राई र भट्टराई २०७४ सालमा नेकपा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदमा विजयी वनेका थिए ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved