धरान/ धरान वडा नम्बर ६ मा स्वतन्त्रतर्फका उमेद्ववार भुपेन्द्र भट्टराई विजयी भएका छन । निर्वाचन कार्यलय धरानले दिएको जानकारी अनुसार भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी ऐमालेका हरि राईले १ हजार ३ सय २८ मत प्राप्त गरेका थिए । भुपेन्द्रले राईलाई ४ सय ९२ मतले पछि पार्दै वडा अध्यक्ष मा विजय भएका हुन् ।
त्यसैगरी वडासदस्य तर्फ नेकपा एमालेका ४ जना विजयी भएका छन् ।
दलित महिला सदस्यमा देविका वि।कले १ हजार ४ सउ ३६ मत र यसोदा सुवेदी ९लामिछाने० ले १ हजार ४ सय ४४ र खुला सदस्य तर्फ नारायण निरौलाले १ हजार ५ सय ६७ र राजेन्द्र न्यौपानेले १ हजार ४ सय १३ मत प्राप्त गरि विजय भएका हुन् ।