समाचार

    Showing 6,181-6,190 of 10,040 items.
  • सत्ता गठबन्धनलाई हराउँदै धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पङ विजयी

    धरान / धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । सत्तागठबन्धनबाट उम्मेद्वार बनेका किशोर राईलाई पराजित गर्दै साम्पाङ निर्वाचित भएका हुन् ।२० हजार ८ सय २१ मत ल्याउँदै मेयर निर्वाचित भएका हुन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् ।उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए । उनले १७ हजार छ सय छ मत ल्याएका थिए ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,265 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा गठनबन्धन अफाप: एमालेलाई फाइदै फाइदा

    धरान । २०७४ सालको पहिलो स्थानी तहमा विराटनगरमा प्रभुत्व जमाएको नेकपा एमालेले ०७९ सालको दोस्रो निर्वाचनमा गठबन्धन गरेर लड्दा पनि काँग्रेसलाई बेफाइदामात्र हात परेको छ । विराटनगरमा मत पणिााम सार्वजनिक भएसँगै प्रदेश १ को राजधानी विराटनगरमा नेपाली कांग्रेस र जसपाले आफ्नो धेरै प्रभाव गुमाएका छन् ।यस पटक गठबन्धनमा उठेका यी दुवै दलले अधिकांश वडाहरुमा गुमाउनुपरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका १९ मध्ये मेयर उपमेयरसहित सात वटा वडा जितेको नेपाली कांग्रेसले यो पटक ६ वडामा खुम्चिएको छ । गठबन्धनबाट चुवनामा उत्रिएका यी दलहरुले कांग्रेसबाट मेयरमा नागेश कोइराला निर्वाचित भएका छन् भने उपमेय

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,406 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मधु निरौलाको सान्दार “कमब्याक” जोसँग ६ मतले हारे उनैलाई ३ सय ६५ले हराए

    झापाः झापाको मेचीनगर नगरपालिका १२ नं. वडाको अन्तिम मत परिणाम सार्वजनिक भएसकेकोे छ । ७४ को स्थानीय तह निर्वाचनमा जोसँग ६ मतान्तरले मधु निरौलाले पराजय भोगे उनै नरेन्द्र धिमाललाई ३ सय ६५ मतान्तरले पछि पार्दै निरौला विजयी भएका हुन् । ७४ को स्थानीयतह निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेका निरौलाले ७९ को निर्वाचनमा सान्दार विजयी प्राप्त गरेका छन् । सो वडामा नेकपा एमालेको प्यानलै विजयी भएका छन् । एमालेका निरौलाले १ हजार ४ सय ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नरेन्द्र धिमालले १ हजार १ सय १ मत प्राप्त गरे । जम्मा १५ वटा वडा रहेको मेचिनगरमा हालसम्म ८ वटा वडामा नेकपा एमाले विजयी बनेको छ

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,404 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान २० को विवाद सकियो:वडाध्यक्षमा कांग्रेसका लिम्बु विजय

    धरान । तीन दिन अगाडि मतगणना सम्पन्न भएपनि विवादका कारण सार्वजनिक हुन नसकेको धरान २० अन्तिम मत परिणाम शनिवार सार्वजनिक गरिएको छ । विवादपछि सर्वपक्षीय छलफललले पुनः गणना गर्ने सहमति भएपछि गणना भएको थियो । पुन गणना हुदा पनि वडाध्यक्षमा पदम बहादुर लिम्बु विजय भएको निर्वाचन अधिकृतका कार्यालय धरानले सार्वजनिक गरेको हो । लिम्बुले ६०४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विजय लामा तामाङले ५९६ मत प्राप्त गरेका छन् । यसैगरी एमालेका वडाअध्यक्षमा उमेद्वार महासेर राई ५८० मत प्राप्त गरेका छन् । वडा सदस्य, महिला सदस्य तथा दलित महिला सदस्यमा भने मिश्रित परिणाम आएको छ । म

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 810 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • अनाथ बालबालिकालाई युएन, नवोदयद्वारा सामाग्री वितरण

    धरान । शैक्षिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको धरान १६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीहरुले अनाथ बालबालकालाई शैकिक पाठ्य पुस्तक एवम् खेलकुदका सामाग्री वितरण गरेको छ । धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका हुन् । युएन कलेज एण्ड नवोदय प्लस टु ले १० वर्ष पूरा गरेर मनाउन लागिएको ‘दशक महोत्सव’ का अवसरमा उनीहरुलाई त्यहाँ पुगेर सो सामग्री प्रदान गरेका हुन् । यु.एन.नबोदय हेल्पिङ ह्याण्डसले दसक महोत्सबको अबसरमा पारेर सरस्वती बाल अनाथ आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री एवम खेलकुद सामाग्री वितरण गरेको जनाएको छ । यही ज

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा मत परिणाम धमाधम सार्वजनिक: ०७४ र ०७६ को भन्दा फरक परिणाम आउन सक्ने आंकलन

    धरान । धरानमा विगतको मतपरिणाम भन्दा फरक परिणाम आउने संकेत देखिएकोछ । विगतमा वडाहरुमा जितेका दलका प्रतिनिधि हेरफेरसँगै पहिलो पटक स्वतन्त्र उमेद्वारले नेकपा एमाले र गठबन्धनका दललाई पछि पार्दै बाजी मार्ने संकेत देखिएको छ । धरानमा लाकतानित्रक गणतन्त्र स्थापना पछि भएको दोस्रो स्थानीय निर्वाचनमा पहिलो निर्वाचन भन्दा दोस्रो निर्वाचनमा मत परिणाम फरक ढगले आएको छ । ०७४ सालकोपहिलो स्थानीय निर्वाचनमा उपमहानगरपालिकाको प्रमुख, उप्रमुखसहित अधिकांश वडाहरु नेकपा एमालेले जितेकोे थियो । तर ०७९ को दोस्रो स्थानीय निवाृचनमा भने स्वतन्त्र उमेद्वार हाबी देखिएको छ । एमालेले ०७४ सालमा १४ वडासहित मेयर र उपमेयर जितेको

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 935 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

    धरान । सरकारले गणतन्त्र दिवस त्रि–दिवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म देशभरि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिले जेठ १४ गते संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाएर साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै १५ गते रा

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुन्धुमलाई मौलिक दृष्टिकोणबाट अनुसन्धान गरिने

    धरान । लिम्बु जातिको धर्मशास्त्र मुन्धुमलाई मौलिक दृष्टिकोणबाट अनुसन्धान गरिने भएको छ । यस्को लागि अमेरिका स्थित मिचिगन युनिभर्सीटीका प्रोफेसर डा.मारोहाङ लिम्बु याक्थुङको नेतृत्वमा लिम्बुहरुको अन्तर्राष्ट्रिय टोली नेपाल आएको छ । टोलीले मुन्धुममा वर्णित पूर्वी नेपालका स्थलहरुको अध्ययन, अवलोकन र अग्रजहरुसंग अन्तरकृया गर्नेछ । अनुसन्धान हिमालयन याक्थुङ अल्चर स्टडीबाट गरिने भएको हो । छोटकरीमा हियाक्स नामक संस्था विदेशमा बसोबास गर्दै आएका लिम्बु याक्थुङ समुदायको प्राज्ञिक संस्था भएको बताइएको छ । धरानमा मंगलवार टोलीसंग डा.राम नारायण कन्दङवा, प्राडा. गोबिन्द तुम्बाहाङ, सहप्राध्यापक चन्द्र लिम्बु फोम

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला पत्रकारद्वारा प्रकाशित पत्रिका १८ बर्षमा प्रवेश

    धरान । कोरोना सक्रमणका कारण राष्ट्रिय स्तरका पत्रपत्रिका समेत प्रभावित भएको समयमा धरानबाट प्रकाशित दिव्य रोशनीले भने हरेक आरोह अवरोधको सामाना गर्दै निरन्तर प्रकाशित गर्दै आएको छ । श्रमजीवि महिला पत्रकार मनिता चाम्लिङद्वारा सम्पादित÷प्रकाशित दिव्य रोशनीले स्थानीय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाहमात्र गर्दै आएको छैन, सुनसरीलाई कार्यक्षेत्र बनाएर स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गर्नेहरुलाई सम्मान एवम् पुरस्कार समेत गर्दै आएको छ । यसै क्रममा १८ औं बार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका तीन जना पत्रकार र एक जना सामाजिक अभियन्ता सम्मान गरेको छ । धरान

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुलुसमा हिडेको ट्याक्टर दुर्घटना

    धरान । मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटनामा परेको छ । सुनबर्षी नगरपालिका वडा नम्बर ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । को २ च १४३७ नम्बर को ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा २६ बर्षका जलन्धर राजवंशी र ४० बर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नोवेल अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पताल रं

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved