जुलुसमा हिडेको ट्याक्टर दुर्घटना

  • जेठ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटनामा परेको छ । सुनबर्षी नगरपालिका वडा नम्बर ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

को २ च १४३७ नम्बर को ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा २६ बर्षका जलन्धर राजवंशी र ४० बर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नोवेल अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पताल रंगेलीले जनाएको छ ।

अन्य घाइते ११ जनाको रंगेली अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved