धरानमा मत परिणाम धमाधम सार्वजनिक: ०७४ र ०७६ को भन्दा फरक परिणाम आउन सक्ने आंकलन

  • जेठ ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानमा विगतको मतपरिणाम भन्दा फरक परिणाम आउने संकेत देखिएकोछ । विगतमा वडाहरुमा जितेका दलका प्रतिनिधि हेरफेरसँगै पहिलो पटक स्वतन्त्र उमेद्वारले नेकपा एमाले र गठबन्धनका दललाई पछि पार्दै बाजी मार्ने संकेत देखिएको छ ।

धरानमा लाकतानित्रक गणतन्त्र स्थापना पछि भएको दोस्रो स्थानीय निर्वाचनमा पहिलो निर्वाचन भन्दा दोस्रो निर्वाचनमा मत परिणाम फरक ढगले आएको छ ।

०७४ सालकोपहिलो स्थानीय निर्वाचनमा उपमहानगरपालिकाको प्रमुख, उप्रमुखसहित अधिकांश वडाहरु नेकपा एमालेले जितेकोे थियो । तर ०७९ को दोस्रो स्थानीय निवाृचनमा भने स्वतन्त्र उमेद्वार हाबी देखिएको छ ।

एमालेले ०७४ सालमा १४ वडासहित मेयर र उपमेयर जितेको थियो । नेपाली काँग्रेसले ५ वडा जितेको थियो भने माओवादी केन्द्रले १ वडामा जितेको थियो र्।

धराना धमाधम मत परिणाम आउनेक्रम जारी छ । यो समाचार तयार पारुन्जेजसम्म नेपाली काँग्रेसले ७ वडा र एमालेले ८ वडामा जित हात पारिसकेको छ । यस्तै एउटा स्वतन्त्र र अर्को राप्रपाबाट वडाध्यक्ष बनेका उमेद्वारले जित ात पारेका छन् ।

विगतको तुलनामा स्वतन्त्र उमेद्वार र पार्टीबाट विद्रोही भएर उठेका उमेद्वारले जित हात पार्नुमा राजनीतिक विश्लेषकहरुको आ आफ्नो धारणा छ । राजनीतिक विश्लेषक प्रा.डा. राजेन्द शर्माले मतदाताले दल, गठबन्धनभन्दा पनि मतदाता भ्रष्टाचार, वेथिति, विकृतिको अन्त्यसगै विकासप्रेमी व्यक्ति आएको हेर्न चाहन्छन् । विगतमा त्यो दलहरुबाट हुन नसेका कारण पनि यस्तो अवस्था आएको बताए । उनले दलरुले असल नेतृत्वलाई टिकट नदिई आफ्ना नजिकका, नातेदारलाई मात्र टिकट दिएको परिणामले पनि यसपटक धरानमा स्वतन्त्र र पार्टीबाट विद्रोह गरेर आएकाहरुले चुनाव जितेको बताए । उनले भने–‘पार्टीप्रति जनताको अविश्वास र पार्टीभित्र नै उमेद्वार चयनप्रति आन्तरिक असन्तुष्टका कारण धरानमा यो परिणाम आएको हो ।’

यता विद्रोही उमेद्वारहरुले पनि जनताको भावना विपरीत पार्टीले टिकट दिने क्रममा कन्ज्याई गरेका कारण पनि स्वतन्त्र तथा पार्टी परिवर्तन गरेर उमेद्वार दिएृउको बताएका छन् । वडा नं. ६ मा नेपाली काग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका भुपेन्द्र भट्टराईले शानदार जीत हात पारे  । यस्तै ०७४ सालमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई वडाबासी लागि लोकप्रिय हुँदाहँुदै पनि पार्टीले टिकट नदिए पनि राप्रपाबाट  वडाध्यक्षको उमेद्वार दिएका थिए । उनले राप्रपाबाट पनि सान जीत हात पारे । विगतमा कोरोना संक्रमण तथा विविध कारणले पूरा गर्न नसकेको कामलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै आएा भट्टराईले धरान १४ मा समस्या रहेको खानेपानी समस्या समाधानमा बढी केन्द्रित हुने बताए । उनले भने–‘वडामा मेरोमात्र दोहोरिने इच्छा हैन सारा धरान १४ का सर्वसाधारणले मलाई जुनसुकै चुनावचिन्ह लिएर उठेपनि हामी तपाइको साथमा छौं, भनेपनि मैले राप्रपापाबाट उमेद्वारी दिएको हु । जनताको भावना अनुसार नै उठेका कारण मैले चुनाव जिते, अब जनताको काम  गर्छु, विगतमा बाँकी रहेको काम पूरा गर्छु ।’

हुन त विगतमा पनि दलहरुले खानेपानी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन लडेका दलहरु्रले निर्वाचित भएपछि पनि समाधान नगरे पनि यसपटक भने स्वतन्त्र उमेद्वारबाट यो अपेक्षा राखेरै मतदान गरेको आंकलन सहजै गर्न सकिन्छ । विगतमा समेत खानेपानीको समस्यालाई गहन रुपमा उठाउदै आएका मेयरका स्वतन्त्र उमेद्वार हर्क साम्पाङलाई धरानेहरुले दलहरुको आश्वासनमा विश्वास नभएर नै बढी मत दिएको अनुमान सहजै गर्न सकिन्छ । उनले समेत निर्वाचित भएको खण्डमा पहिलो प्राथमिकता खानेपानी समस्या समधान गर्ने बताउदै आएका छन् । उनले भने–‘म अझै पनि राजनीतिक प्राणी भन्न रुचाउँदिन, म सामाजिक अभियन्ता हुँ, म निर्वाचित भएर गए भने धराने जनता र पार्टीले समेत मलाई काम गर्ने वातावरण दिन्छ ।’

यसपटकको धरानको मत परिणामलाई हेर्दा दलहरुले विगतमा गरेका बाचा आश्वासनमात्र सीमित भएको र अब विकल्पको रुपमा स्वतन्त्र उमेद्वारले नै गर्न सक्ने अपेक्षा बोकेर स्वतन्त्र उमेद्वारलाई मत हालेको देखिन्छ । बर्षौदेखिको खानेपानी समस्या समाधानमा उनीहरु कतिको गम्भीर हुन्छन् भन्ने कुरा निर्वाचित भएर कार्यभार सम्हालेपछि मात्र आंकलन गर्न सकिन्छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved