मुन्धुमलाई मौलिक दृष्टिकोणबाट अनुसन्धान गरिने

  • जेठ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लिम्बु जातिको धर्मशास्त्र मुन्धुमलाई मौलिक दृष्टिकोणबाट अनुसन्धान गरिने भएको छ । यस्को लागि अमेरिका स्थित मिचिगन युनिभर्सीटीका प्रोफेसर डा.मारोहाङ लिम्बु याक्थुङको नेतृत्वमा लिम्बुहरुको अन्तर्राष्ट्रिय टोली नेपाल आएको छ । टोलीले मुन्धुममा वर्णित पूर्वी नेपालका स्थलहरुको अध्ययन, अवलोकन र अग्रजहरुसंग अन्तरकृया गर्नेछ ।

अनुसन्धान हिमालयन याक्थुङ अल्चर स्टडीबाट गरिने भएको हो । छोटकरीमा हियाक्स नामक संस्था विदेशमा बसोबास गर्दै आएका लिम्बु याक्थुङ समुदायको प्राज्ञिक संस्था भएको बताइएको छ । धरानमा मंगलवार टोलीसंग डा.राम नारायण कन्दङवा, प्राडा. गोबिन्द तुम्बाहाङ, सहप्राध्यापक चन्द्र लिम्बु फोम्बो सहितसंग संक्षिप्त छलफल ग¥यो ।

हियाक्सबाट प्राडा.मारोहाङ, बेलायतका लोकेन्द्र तबेबुङ, दिलसिंह मेन्याङबो, जय मादेम्बा, नरेन्द्र माबोहाङ, कमल आङछाङबो, कानाडाका विष्णुदत्त आङबुहाङ र काठमाण्डूका कुल मेन्याङबो छलफलमा सहभागी थिए । टोलीले धरान विजयपुर स्थित गढी, दरवारस्थलहरुको अवलोकन, झापा, मोरङ, सुनसरीका तुम्याहाङहरुसंग छलफल गर्ने बताइएको छ ।

छलफलमा प्राडा.मारोहाङले श्रुति परम्पराले जिवीत राखेको मुन्धुम व्याख्या, विश्लेषणमा बदलिदोँ समय र परिस्थितिले धेरै प्रभाव पारेको बताउँदै त्यसबाट मुक्त रहेर मुन्धुमको मौलिकतामा अनुसन्धान केन्द्रित रहने बताए । आहिले सम्म विदेशी अनुसन्धाताहरुले देखाएको बाटोमा मात्र मन्धुमको अध्ययन गरिदैं आएको उल्लेख गर्दै उनले भने ‘यो अनुसन्धानले मन्धुमलाई अध्ययन गर्नेहरुका लागि मौलिक बाटो तयार गर्नेछ ।’

इतिहासको पछिल्लो कालखण्डमा राजनीतिक विकासक्रमले साँघुरिएको समाज र सभ्यताका आधारमा सीमित गरेर अध्ययन गरिदा लिम्बु याक्थुङ समाज र समुदायलाई किरातसंग जोड्ने काम भएको डा.मारोहाङको भनाई छ । विदेशी अध्येताहरुले लिम्बु याक्थुङ समाजको मौलिकतालाई वास्तविक रुपमा उजागर नगरेको उनले बताए ।

मातृसत्तात्मक सभ्यता रहेको लिम्बु याक्थुङ समाजको अवशेष अहिलेको लिम्बुवानसंग जोडिने प्रागऐतिहासीक कालको भूगोल अहिलेको तिब्बती क्षेत्रमा पाइने डा.मारोहाङले दाबी गरे । उनले भने ‘याक्थुङ जातिमा बाबुको अस्तित्व थिएन्, सन्तान आमाहरुको हुन्थ्यो र त्यस्तो समाज अहिले पनि चीनको तिब्बती क्षेत्रमा पाइन्छ ।’ याक्थुङ मौलिक समाजको फराकिलो र गहिरो अध्ययन नहुँदा किरातसंग जोडिएको उनको भनाई छ ।

पूर्व प्रदेश १ प्रमुख प्राडा.गोविन्द तुम्बाहाङले अहिले सम्मको व्याख्या अनुसार किरातबाट छुट्टिएर विभिन्न जाति बनेको भनिएता पनि राई र लिम्बु विचको व्यवहारिक सम्बन्ध अरुसंग नपाइने बताए । उनले भने ‘पहिचानको कुरा आएपछि राजनीतिक कारणले बढेको बहुसंख्यक जातिय चेतनाभित्र कतिपय तथ्यहरु ओझेलमा पर्दै गएका छन् ।’

डा.रामनारायण कन्दङवाले जाति भनेकोनै राष्ट्र भएको उल्लेख गर्दै त्यस्को पहिचान बचाउन ठूलै मुल्य चुकाउनु पर्ने उदाहरण अहिले युक्रेन बनेको बताए । याक्थुङ जाति किरातबाट छुट्टिएको हो होइन भन्ने कुरामा व्यापक वौद्धिक बहस जरुरी भएको उनको भनाई थियो ।

सहप्राध्यापक चन्द्र फोम्बोले नयाँ अनुसन्धानले लिम्बु याक्थुङ जातिको मौलिक पहिचानका लागि महत्वपूणर् परिणाम दिने विश्वास व्यक्त गरे । लिम्बु भाषा संस्कृतिका युवा पुस्तका अगुवा सुवास तेयुङले प्राडा.मारोहाङले लिम्बु समाज, समुदाय र संस्कृतिको अनुसन्धानको क्षेत्रमा नयाँ मान्यता, नयाँ मागचित्र बनाउन महत्वपूर्ण् भूमिका खेल्दै आएको बताए । धरान–८ स्थित याला बिएस क्याफेमा भएको छलफल डा.कन्दङवाको पहलमा भएको हो ।
(स्रोत पत्रकार हर्ष सुब्बाको फेसबुक)

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved