धरान । २० औं ललित–अम्बर डिपो कप–२०८२ को छैटौँ दिन आज तीनवटा निर्णायक खेल सम्पन्न भएका छन्। आज प्लेट च्याम्पियनतर्फ एक तथा डिपो कपतर्फ दुई सेमिफाइनल खेल हुँदा प्रतियोगिताले फाइनलको स्पष्ट रूप लिएको छ। प्लेट च्याम्पियन सेमिफाइनल जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको सेमिफाइनलमा हिमशिखरले ०–१ गोलको संघर्षपूर्ण जित निकाल्दै प्लेट च्याम्पियनको फाइनल यात्रा तय गर्यो। हिमशिखरको जितमा जर्सी नम्बर ९ का सायुन राईले निर्णायक गोल गरे। अब प्लेट च्याम्पियनको उपाधिका लागि हिमशिखर र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ आमनेसामने हुनेछन्। डि
धरान/ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको ऐतिहासिक पिण्डेश्वर विद्यापीठले आफ्नो ७४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आयोग गम्भीर रहेको उल्लेख गर्दै पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः सुदृढ बन्दै गएको बताए। विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयको मागअनुसार रूपान्तरण गर्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको धारणा राखे। उनले योग, आयुर्वेद तथा चिकित्
धरान/ नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले गर्नुभएको छ। सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विभिन्न वाम धारहरूको एकताले पार्टीलाई जनआधारित वैकल्पिक शक्तिका रूपमा स्थापित गरिरहेको बताउनुभयो। धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभाअघि छाताचोकबाट मोटरसाइकल र्याली सुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो।र्यालीमा पार्टी नेता–कार्यकर्ता
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार , सुनसरीले वित्तिय साक्षरता तथा पशुपालन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ । सोमवार बाङ्गेबजार स्थित रामेश्वर अतिथि सदनमा संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था आफ्ना सदस्यहरुलाई पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम आयोजना गरिएको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए । वित्तिय अनुशासन तथा वित्तिय स्वामित्वकोलागि सार्वजनिक सुनुवाई कार्यक्रम तथा केन्द्र पूनर्ताजगी तथा वित्तिय साक्षरत सचेतना कार्यक्रमसंगै स
धरान/ सुनसरीमा लागूऔषधविरुद्ध प्रहरीले कडा कारबाही अघि बढाएको छ। धरान उपमहानगरपालिका–१६ बाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् भने बराहक्षेत्रमा ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले २८ मंसिर साँझ ४:१० बजे नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा फेला परेका २९ वर्षीय विष्णु सुब्बालाई चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो। प्रहरीले उनको साथबाट ट्रामाडोल ५२५ ट्याब्लेट र डिक्लोमाइन ३७५ ट्याब्लेट गरी जम्मा ९०० ट्याब्लेट लागूऔषध फेला पारेको जनाएको छ। सुब्बालाई लागूऔषधसहित
धरान/ सुनसरीमा लागूऔषध कारोबार नियन्त्रणका लागि सक्रिय बनेको प्रहरीले दुई फरक स्थानबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक युवकलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०८/२८ गते दिउँसो करिब २ः४५ बजे धरान उपमहानगरपालिका–१९ धनकुटे रोडमा गस्ती गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका धरान–१० निवासी १९ वर्षीय निरफुङ बस्नेतलाई नियन्त्रणमा लिएको हो। कानुनबमोजिम गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनको साथबाट लागूऔषध ट्रामाडोल २३० ट्याब्लेट र स्पासपेन २० क्याप्सुल गरी जम्मा २५० थान ट्याब्लेट/क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। बस्नेतल
धरान/ सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका लागि संस्थागत विकास तथा सुशासनसम्बन्धी तालिम आयोजना गरिएको छ। संघको कार्यक्षमता अभिवृद्धि, दीर्घकालीन योजना र संस्थागत आचरण सुदृढ गर्ने उद्देश्यले आयोजित तालिममा पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका साथै स्थानीय तहका राजस्वसम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। तालिममा चर्चित प्रशिक्षक मोहन श्रेष्ठ र धरान उपमहानगरपालिकाका राजस्व प्रशासन प्रमुख खगेन्द्र खतिवडा ले सहजीकरण गरेका थिए। उनीहरूले असल संस्थागत अभ्यास, स्पष्ट मार्गनिर्देशन, प्रभावकारी बैठक सञ्चालन र स्थानीय तहसँग समन्वयका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका
धरान/ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशको अध्यक्षमा गणेश राई चयन भएका छन्। शुक्रबार धरानमा सम्पन्न प्रदेश भेलाले राईको नेतृत्वमा सर्वसम्मत रूपमा ४९ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद चयन भएका छन्। महासचिवमा नगेन्द्र पारघरी लिम्बू नियुक्त भएका छन् भने सचिवमा गणेश खालिङ, कुमार सुनुवार र रन्जित साम्पाङ चयन भएका छन्। सदस्यहरूमा सुमन राई, दुर्गा गुरुङ, दुर्गा राईलगायत रहेका छन्। अघिल्लो समितिका केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि संगठनलाई पुनः सुदृढ बनाउने उद्देश्यसहित
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीलाई लक्षित गर्दै दुईदिने विपद् जोखिम न्युनिकरण तालिम सुरु गरिएको छ। वराहक्षेत्र नगरपालिकासँगको समन्वयमा विश्व खाद्य कार्यक्रम को आर्थिक सहयोग तथा राष्ट्रिय वातावरण तथा सम विकास (निड्स) नेपाल को प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो। आइतबारदेखि सुरु भएको तालिम पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत विद्यालय केन्द्रित रूपमा सञ्चालन गरिएको छ। तालिममा विपद् व्यवस्थापन, पूर्वानुमान र पूर्वतयारी विषयलाई पाठ्यक्रमको प्राथमिकतामा राखिएको छ। सह
धरान/ धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल र विजयपुर हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब हिबिस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूले विजयपुर हस्पिटलमा उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। विद्यालयको अनुरोधपछि हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो। सम्झौताबारे जानकारी दिँदै विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बिरामी कोही नहोस् भन्ने सबैको चाहना हुँदाहुँदै पनि उपचार आवश्यक परेमा विद्यालयको सिफारिस पत्र वा आधिकारिक परिचयपत्र (