चक्रघट्टी जेसिजद्बारा महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण

  • चैत १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका क्रियासिल रहेक चक्रघट्टी जेसिजले महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

मङलवार चक्रघट्टी जेसिजले सप्तकोशी बहुमुखि क्याम्पसमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई उक्त महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखिकरण कार्यक्रमा ३६ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

क्याम्पसको सभाहलमा आयोजना भएको कार्यक्रममा नेपाल जेसिज क्षेत्र क तालिम संयोजक लक्ष्मी वराहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शुशिल कोईराला विशिष्ट अतिथि रहेका थिए । अभिमुखिकरणमा जीवन विज्ञानका प्रशिक्षक तारा गिरी, पुर्व राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराईले सहजिकरण गरेका थिए ।

चक्रघट्टी जेसिजका अध्यक्ष शरण कुमार लिम्बुको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, जुनियर जेसिजका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । महासचिव अर्जुन तामाङ (शिशिर) ले कार्यक्रम संचालन गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved