मोडर्न प्रिपरेटरी बोर्डिङ स्कुलमा बाल साहित्य उत्सव विद्यार्थी र साहित्यकारबीच रोचक अन्तरक्रिया

  • चैत १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ मोडर्न  प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरूले बाल साहित्यकार यमुना पराजुली अधिकारीसँग बाल कथा पठन तथा लेखनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्।

कार्यक्रममा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै बाल साहित्यप्रति आफ्नो गहिरो रुचि र जिज्ञासा प्रस्तुत गरेका थिए। विशेषगरी साहित्यकारका चर्चित कृतिहरू “झगडाको ओखती” र “कान्छू” बाल लघुउपन्यासमाथि समीक्षा गर्दै कार्यक्रमलाई ज्ञानमूलक बनाइएको थियो।

कक्षा ३ का विद्यार्थी अनुभव रेग्मीले “झगडाको ओखती” बाट अंश वाचन गर्दा कक्षा ६ की छात्रा प्रज्ञा भट्टराईले “कान्छू” बाट रोचक अंश प्रस्तुत गरिन्। उनीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप जीवन्त र आकर्षक बनाएको थियो।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले कथा लेखनका तरिका, विषयवस्तु छनोट र सिर्जनात्मक शैलीबारे विविध प्रश्नहरू राखेका थिए। साहित्यकार अधिकारीले ती जिज्ञासाहरूको जवाफ दिँदै लेखनमा कल्पनाशक्ति, निरन्तर अभ्यास र लगनशीलताको महत्वबारे प्रकाश पार्नुभयो।

विद्यालयका प्राचार्य पद्मराज सापकोटाका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्नुका साथै सिर्जनात्मक लेखनप्रति उत्साह अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved