बराहक्षेत्रमै मोतियाबिन्दुको शल्यक्रिया सुरु, अब उपचारका लागि बाहिर धाउनु नपर्ने नगर अस्पतालमै विशेषज्ञ सेवा, एकै दिन ४५ जनाको सफल अप्रेसन

  • चैत १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को मार्दै नगर अस्पतालबाटै मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ।

यससँगै स्थानीय बासिन्दाले अब उपचारका लागि नगर बाहिर धाउनु पर्ने बाध्यता अन्त्य भएको छ।

चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रमा नियमित रूपमा विशेषज्ञ डाक्टरको टोली ल्याई मोतियाबिन्दुको अप्रेसन सेवा प्रदान गर्न थालिएको हो।

नगर प्रमुख रमेश कार्कीका अनुसार अस्पतालले परीक्षणदेखि शल्यक्रियासम्मको सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ।

नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको निःशुल्क आँखा शिविरलाई थप प्रभावकारी बनाउँदै अहिले अस्पतालमै स्थायी रूपमा सेवा विस्तार गरिएको हो।

सोही क्रममा बिहीबार एकै दिन ४५ जना भन्दा बढी बिरामीको सफल शल्यक्रिया गरिएको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टले जानकारी दिए।

वराहक्षेत्र नगरपालिकाको समन्वयमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र रामलाल गोल्छा आँखा अस्पताल को प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

नगर प्रमुख कार्कीले आर्थिक रूपमा विपन्न, दुर्गम क्षेत्रका बासिन्दा तथा अस्पतालसम्म पहुँच नभएका नागरिकलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच र मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार गरिएको बताए।

अब यो सेवाले हजारौं स्थानीयको दृष्टि मात्रै होइन, जीवनशैली नै परिवर्तन गर्ने अपेक्षा गरिएको

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved