धरान मेघा हिमालयन कलेजका विद्यार्थीलाई सेनाको तालिम

  • चैत १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानस्थित धरान मेघा हिमालयन कलेजमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गर्दै नेपाली सेनाले विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। राष्ट्रको सुरक्षा मात्र नभई युवापुस्तामा अनुशासन, जिम्मेवारी र देशभक्तिको भावना विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

इटहरीस्थित भगवती दल गणको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई नेपाली सेनाको भूमिका, कर्तव्य, अधिकार तथा भर्ना प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा भगवती दल गणका सह–सेनानी रविन्स रिमाल मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए।
 
उनले नेपाली सेनाको ऐतिहासिक पृष्ठभूमिदेखि स्थापना र विकासक्रमसम्मका विषयमा जानकारी गराउँदै संविधानअनुसार सेनाले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको स्पष्ट पारे।
 
त्यसैगरी उनले विपद् व्यवस्थापन, विकास निर्माणलगायत विभिन्न क्षेत्रमा नेपाली सेनाले खेल्दै आएको सक्रिय भूमिकाबारे प्रकाश पारे। युवाहरूलाई लक्षित गर्दै सेनामा भर्ना हुन आवश्यक योग्यता, छनोट प्रक्रिया र तयारीका उपायहरूबारे समेत व्यवहारिक जानकारी दिएका थिए।
 
कलेजका अध्यक्ष राजेश विद्रोहीले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रिय सुरक्षा र सेनाको भूमिकाप्रति सचेतना बढाउने उल्लेख गरे। उनका अनुसार विद्यार्थीहरूलाई सानै उमेरदेखि देशप्रतिको जिम्मेवारीबारे बुझाउनु आवश्यक रहेको बताउँदै यस्ता प्रशिक्षणले भविष्यमा सेनामा सेवा गर्ने मार्गप्रति स्पष्टता दिने विश्वास व्यक्त गरे।
 
कलेजले विद्यार्थीहरूको समग्र विकास र करियर मार्गदर्शनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले नेपाली सेनाको संरचना र भर्ना प्रक्रियाबारे प्रत्यक्ष जानकारी पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्। साथै, यसले उनीहरूमा राष्ट्रिय सेवाप्रति नयाँ ऊर्जा र प्रेरणा थपिएको बताएका छन्।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved