समाचार

    Showing 6,021-6,030 of 8,624 items.
  • लकडाउन खुकुलो भए सँगै बजारमा बढ्यो चहलपहल

    धरान । गत एक महिना देखि लकडाउन घोषणा गरिएको सुनसरीमा शुक्रबार देखि बजारमा चहलपहल शुरु भएको छ । शुक्रबार देखि लकडाउन खुकुलो बनाए पछि बजारमा चहलपहल शुरु भएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिए पछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको थियो । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजे देखि ३ बजे सम्म पसल खुल्ला गरिदिएको छ । सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुल्ला नै गरेका छन् । एक महिनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही र

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    ईलाम । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन् । भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका हुन् । शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटी काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,135 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर इटहरीका दम्पतिको मृत्यु

    सुनसरी/ सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ । इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका उदयपुर जिल्लाको रौता गाउँपालिका स्थायी घर भएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इटहरीको एक फर्निचर उद्योगमा काम गर्दै आएका उनीहरु लकडाउनका कारण उद्योग बन्द भएपछि माछा मार्न निस्किएका थिए । तीन बर्षीय छोरीलाई घरमै सुताएर रातको समयमा माछा मार्न इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला गएका उनीहरु राती नै खोलामा करेन्ट लागेर मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ । मृतक दम्पतिको पोष्टमार्टम

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “ पंचायतले चारकोसे झाडी सकेजस्तै ओली सरकार देशको माटो सक्न खोज्दैछ”

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासंग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको उठाइने छैन भनेपनि २०३६ सालदेखि बसेको मानिसलाई झापाको दमक नगरपालिकाले उठाएको भन्दै उनीहरुको व्यवस्थापन गर्न माग गरिन । “के त्यो नियमसंगत भयो त ? कानुन हामीले बनाउने होइन ? के जनताले हामीलाई सरकामा पठाएको होइन ? अनि जनताको घर र बसोबास उठाउने कानुन हामीले बनाउने हो ?,” राईले भन

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 691 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध हतियार र हरिणको मासु सहित दुई जना पक्राउ

    सुनसरी/ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ चतराको रेल्वेलाइनबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरिक्षक पाण्डबकुमार राजवशीको नेतित्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सि

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का सांसदको टिप्पणी : नीति तथा कार्यक्रम ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ मात्र

    विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सांसदले ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ भन्दै टिप्पणी गरेका छन । प्रदेशसभामा आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विहीबार नीति तथा कार्यक्रम पेश गरेका थिए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सरकारको आयू टिकाउने दाउपेचमा मात्र आएको भन्दै नेकपा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले प्रदेश सरकार नारा बनाउन मात्र सक्रिय भएको भन्दै टिप्पणी गरिन । भनिन्,“अघिल्लो नीति तथा कार्यक्रम सफल नहुनेले यो पुष्टि भएको छ । सस्तो लोकप्रियताको लागि मात्र सरकारले नीति तथा क

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भरत मोहन फाउन्डेसनद्वारा बेलबारीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण

    बेलबारी / पुर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाइ उपलब्ध गराएको हो । फाउन्डेसनले पिपि सेट, अक्सी मिटर, बुट,मास्क, सेनिटाइजर, सोडियम हाइपो कोलोराइड लगायतका सामाग्रि नगरपालिकालाई हस्न्तानतरण गरेको हो । सामाग्रि बुझदै न

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 623 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ६ लेन सडक : कल्भर्टको सट्टा ह्युमपाइप राखेपछि लफडा

    इटहरी । निर्माणको सुरूवाति समयदेखि नै पटक पटक बिवादमा तानिदै आएको रानि बिराटनगर –इटहरी धरान ६ लेन राजमार्ग अन्तरगत सुनसरीको इटहरीमा पुन बिरोध सूरू भएको छ । राजमार्ग निर्माणको क्रममा इञ्जिनियरले डिजाइन गलत बनाएपछि वर्षाको बेला पानीको भेलले इटहरी डुबानमा पर्ने खतरा बढेको भन्दै नागरिक अगुवा र ब्यवसायिहरू बिरोधमा उत्रिएका छन । राजमार्ग निर्माणको क्रममा इटहरी संगित चौक तर्फ कल्भर्ट निर्माण हुनुपर्नेमा ह्युम पाइप मात्र हालेर पुर्न लागेको भन्दै नागरिक अगुवा र ब्यवसायीहरूले बिरोध जनाएको हुन । वर्खाको बेला पानीको भेल संगै ढल निकाशिमा समस्या भइरहेको बेला अहिले हालिएको ह्युमपाइपले झनै समस्या उत्पन

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 1,647 पटक पढिएको
    • "तेजबहादुर बन "
  • हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु

    पाँचथर । पाँचथर हिलिहाङ गाऊपालिका १ मा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 560 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    झापा । झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनाई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा मृत्यु भएको हो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैज

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved