विमान स्थल पीडित संघर्ष समितिको पहिलो चरणमा माग पूरा भएन: संघर्ष समितिद्वारा दास्रो चरणको आन्दोलनको घोषणा

  • असार ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । माग पूरा पुरा गराउन विराटनगर विमानस्थल पीडत सघर्ष समितिले दिएको सात दिने अल्टिमेटम पूरा नभएपनि संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

संघर्ष समितिले पहिलो चरणको आन्दोलन अन्र्गत जिल प्रशासन कार्यालय मोरङ र प्रदेश १ मुख्य मन्त्रीको कार्यालयलाई सात दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको थियो । अल्टिमेटम दिएको एक हप्ता वितिसक्दा पनि माग पूरा नभएपछि उनीहरुले सोमबार दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् ।

संघर्ष समितिका संयोजक वेदराज पौड्यालले सात दिनको अल्टिमेटम दिएको विषयमा सातदिनको अल्टिमेटम दिए पनि पीडितहरुलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता बिषयमा सरोकारवालाहरुले वेवास्ता गरेपछि दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए ।airport pitid julus

आन्दोलनको कार्यक्रम अनुसार ७, ८ र ९ गते तीनदिन विहान ११ बजेदेखी १ बजे सम्म विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिने, १० गते जग्गा प्राप्ती ऐन २०३४ मा सरकारले चाहेमा जग्गा अधिग्रहण गर्न सक्ने व्यावस्था भएपनि कति समय भित्र मुआब्जा दिइसक्ने अथवा रोक्का जमिन फुकुवा गर्ने भन्ने ऐनमा ब्यावस्था नभएकाले विभेदकारी ऐन जिल्ला प्रशासन कार्यालय अगाडी जलाउने र ऐन परिमार्जन गर्न दबाब दिने लगायतका आन्दोलका घोषणा गरेका छन् ।

संघर्ष समितिका संयोजक पौडेलले सरकारको ढुलमुले नीतका कारण पीडितहरु अझ मारमा परेको बताए । उनले भने–‘ पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले केही समय अगाडि ज्ञापनपत्र बुझेर पीडितको लागि मुआब्जको व्यवस्था गर्छु भनेका थिए, तर त्यो पूरा बचन समेत उनले पूरा गर्न सकेनन् ।’

उनले एक जना ब्यापारी उद्योगीको बहकाउमा लागेर अमडुवामा विमानस्थल सार्ने जस्तो हावादारी कुराको पछि लागेर मन्त्रीले जनतालाई दुः ख दिएकाले असार ११ गते प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी पर्यटनमन्त्री तथा नागरिक उड्ययन मन्त्रीको पुत्ला जलाउने कार्यक्रम समेत रहेका बताए ।

उनले भने–‘मुआब्जाको विषयलाई लिएर पीडितहरु अहिले समस्यामा परेका छन्, हामीले राजनीतिक दललाई पनि समर्थन जनाउन पत्राचार गरिसकेका छौं, चरणबद्ध आन्दोलनपछि पनि माग पूरा भएन भने हामी अझ कडा आन्दोलनको घोषणा गर्छौै ।’

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved