प्रतिष्ठान द्वारा आफ्नै ब्लड बैंक सञ्चालन

  • असार ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर गुगल

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै ब्लड बैंक सञ्चालनमा ल्याइएको छ ।

असार २ गतेबाट पूर्ण रुपमा सञ्चालनमा ल्याएको ब्लड बैंकबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ब्लड बैंक पुर्णरुपमा सञ्चालनमा आएको जनाएको छ ।

प्रतिष्ठानको प्याथोलोजी विभाग अन्तर्गत सञ्चालित ब्लड बैंक असार २ गतेदेखि पुर्णरुपमा सञ्चालनमा आएको हो । सञ्चालन भएको ब्लड बैंकबाट रक्त अल्पता भएका र डायलाइसिस गर्नुपर्ने विरामीहरुको लागि पिसिभी सेवा दिइने प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए ।

उनले भने–‘प्रतिष्ठानले आफ्नै ब्लड बैक २ गतेबाट सञ्चालनमा ल्याएको छ, सञ्चालनमा आएको ब्लड बैंकले विरामीलाई उपचारमा सहयोग पु¥याउने हामीले अपेक्षा लिएका छौं ।’ उनका अनुसार ब्लड बैंकबाट डेंगु र अन्य कारणले प्लेटलेट कम भएका विरामीहरुको लागि पिआरपि सेवा, कलेजोका विरामी र अन्य कारणले कोगुलेसन फ्याक्टर डिफिसिएन्सी भएकालाई सहज हुनेमात्र हैन ओपन हर्ट सर्जरी, बर्न केसमा आवश्यक पर्ने एफएफपि सेवा पनि उपलब्ध हुनेछ ।

उनले यसका अलावा प्रतिष्ठानले सञ्चालन गरेको ब्लड बैकबाट विरामीलाई पिसिभी (प्याक्ड सेल भोलुम, पिआरपि ,प्लेटलेट रिच प्लाज्मा), एफएफपि (फ्रेस फ्रोजन प्लाज्मा) जस्ता सेवाहरु उपलब्ध हुने बताए । उनले भने–‘अब ब्लड बैंकबाट हुने सम्पूर्ण सेवाबाट विरामीले भौतिरिने अवस्था आउदैन, सबै प्रतिष्ठानको ब्लडबैंकबाट उपलब्ध हुन्छ ।’

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved