समाचार

    Showing 5,931-5,940 of 10,031 items.
  • ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

    धरान । झापाको कन्काई नगरपालिका ३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ९ बजे मे १त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिदा अटोमा सवार रहेकि कन्काई नगरपालिका ३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको बताएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छली गरेर ल्याएको सामान झापामा बरामद

    धरान । भारतबाट भन्सार छली ल्याएएको लत्ता कपडा मोरङ प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपाल भारत सीमा नाकामा कडाइ गरेकोा जनाएपनि मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारी, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन । मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेको छ । बिना कागजात ल्याइएको १८ पोका कपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बुधबार बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस पार्क नजिकैबाट विहान ३ बजे बरामद गरेको

    • प्रकाशित मितिः असार २४, २०७९
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसईई स्पिकरका उत्कृष्ट १० लाई युवा नेतृत्व विकास अभिमुखीकरण

    धरान । र्‍याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.इ इ.स्पिकरका उत्कृष्ट १० जना सहभागिलाई बुधबार नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण दिइएको छ । युनिभर्सल पिस फेडरेसनका १ नम्बर प्रदेसका संयोजक एवम समाजसेवी राम बहादुर लिम्बुले विद्यार्थीहरुलाई नेतृत्व विकास सम्बन्धि सहजीकरण गरेका थिए । असल शिक्षाबाट निर्देसित भएर काम गर्न लिम्बुले विद्यार्थीहरुलाई सुझाए । देशमा विद्यमान बढ्दो विकृति र विसङ्गतिलाई त्यागेर सामाजिक कार्यमा अग्रसर गर्ने उत्प्रेरणा मिल्ने खालका तालिम दिइएका सहजकर्ता लिम्बुले जानकारी दिए । मङ्गलबार भएको दोश्रो चरणको प्रतियोगीताबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेस गरेका थिए । विद्या

    • प्रकाशित मितिः असार २४, २०७९
    • 574 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका महिलाको वृत्ति विकासका लागि ‘मिस धरान’ हुने

    धरान । धरानका युवतिहरुको वृति विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको मिस धरान २०२२ को अडिसन शुरु भएको छ । धरानमा बसोबास गर्ने युवतीहरु लक्षित गरी आयोजना गर्न लागेको “मिस धरान २०२२ “ को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ । एसइइ उत्तीर्ण देखि स्नातकक तहसम्मका युवतीहरुलाई समावेश गरेर आयोजना गर्न लागिएको मिस धरान पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो । प्रतिष्पर्धामा आएका युवतीहरुलाई बोल्ने शैली , आइक्यु लगायतका सामान्य सवालजवाफबाट अडिसनबाट छानिनेछन् । फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता &ldqu

    • प्रकाशित मितिः असार २४, २०७९
    • 978 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढेसँगै सर्पदंशका बिरामी बढे: गाउँमै उपचार केन्द्र बनेपछि स्थानीय हर्षित

    धरान । मोरङको बेलबारमा सर्वदंश उपचार केन्द्र स्थापना नहुदा आसपासका सर्वसाधारणहरुले धेरै समस्या भोग्नुपरेको थियो । सर्पले डसिहाले त्यहाका सर्वसाधारणर्ला उपचारको झापाको दमक, सुनसरीको इटहरीमा रहेको सर्पदंश सेवा केन्द्रमा पुर्‍याउनुपर्ने बाध्यता थियो । नजिकै उपचार केन्द्र नहुँदा धेरैले मृत्युवरण गर्नुपर्ने अवस्था थियो । तर अहिलो भने त्यो समस्याबाट बेलबारी तथा आसपासका सर्वसाधारण मुक्त भएका छन् । केराबारी ९ घंघरुका मिनकुमार पौडेललाई ५ बर्ष अगाडि गाउँमै खेतमा गोमन सर्पले डस्यो । खेतमा पानी लाउन राति टर्चलाइट बालेर गएका उनको खेतमा पुग्न नपाई आफ्नै खुट्टाले गोमन सर्पलाई टेकेपछि उनलाई खुट्टामा डस्य

    • प्रकाशित मितिः असार २४, २०७९
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘फ्रेबिक माला’मा भविष्य खोज्दै धनकुटाका महिलाहरु

    धरान । धनकुटाको महालक्ष्मी नगरपालका वडा नं. ८ मुर्तिढुंगाका ४ जना महिलाहरु व्यवसायिक फ्रेविक माला बनाएर आत्मनिर्भर बनेका छन् । लक्ष्मी कार्कीको नेतृत्वमा ४ जना महिलाहरु मिलेर फेब्रिक माला बनाउदै आत्मनिर्भर बनेका हुन् । कार्कीसँगै समूहमा कल्पना चापागाई, बालिका थापा, र कमला थापाले माला बनाउने कार्य शुरु गरेका हुन् । धनकुटामा फूलको खेति हुने भएपनि फूल चाडै आइलाउने र दीगो समयसम्म राख्न नसकिने भएकोले पनि फ्रेविक मालाको प्रचलन बढ्दै गएकोले पनि व्यवसायिक फ्रेविक माला उत्पादनमा जोड दिएको लक्ष्मीले बताइन् । उनले भनिन्–‘विवाह, व्रतबन्ध लगायतका सामाजिक संस्कारमा पछिल्लो समय फ्रेविक मालाको प

    • प्रकाशित मितिः असार २३, २०७९
    • 1,372 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक सञ्जालमा प्रदेश सरकारको न्यून प्रगति

    धरान । प्रदेश १ सरकारको साढे चार बर्ष कार्यकाल पूरा हुँदा समेत सबै स्थानीय तहहरुमा सडक सञ्जालले छुन सकेको छैन । अझै पनि प्रदेश १ का दुई पालिकामा सडक सञ्जालले छुन सकेको छैन, त्यहाको स्थानीयको जनजीवन कष्टकर बित्दै आएको छ । सडक सञ्जालमा नजोडिएका पालिका हुन सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका र संखुवासभाको सिलिचोङ गाउँपालिका । भौगोलिक विकटता समेत रहेको दुइ पालिकामा सडक सञ्जाल पुग्न नसक्दा स्थानीयहरुले अत्यावश्यक कामकामा लागि सदरमुकाम पुग्न पनि पैदलै हिड्नुपर्ने बाध्यता छ । प्रदेश सरकारका अनुसार हालसम्म प्रदेशका १ सय ३५ पालिकामा सडक सञ्जाल जोडिएको छ । पासाङल्यामु गाउँपालिकाका प्रमुख प्रशास

    • प्रकाशित मितिः असार २३, २०७९
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्खामा तुर्के खोलामा सास्ती : आठ वर्ष बित्दा पनि बनेन पुल

    धरान । मोरङको केराबारी ९ का सर्वसाधारण पुल निर्माण शुरु भएको लामो समयसम्म पनिा निर्माण सम्पन्न नहुदा बजारा आउजाउमा समस्या भएको छ । मोरङको बेलबारी केराबारी र लेटाङ जोड्ने तुर्के खोलामा आठ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नहुदा त्यहाका सर्वसाधारणलाई बजारसम्म आउजाउमै समस्या हुने गरेको छ । केराबारी ९ घंघरुका हरेन्द्र पौडेलले यो पुल निर्माण नहुँदा बजारसम्म कृषि समाग्री बोकेर ल्याउन समस्या हुने बताए । गाउमै टेम्पो चलाएर गाउका किसानले उत्पादन गरेको कृषि समाग्री बजारसम्म ल्याउने गरेका उनले बर्षाद्को समयमा खोलाको बीचबाट टेम्पो ल्याउनुपर्ने बाध्यता हुदा टेम्पो नै डुब्ने खतरा हुने बताए । उनले भने&ndas

    • प्रकाशित मितिः असार २३, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङ लागी युवा सहित बालकको मृत्यु

    धरान । उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साँढे ६ बजे उदयपुरको चौदण्डीगढी ५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा अचानक पानी सँगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो त्यस्तै सोलुखुम्बु थुलुङ दुधकोशी ९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागी ७ बर्षीय स

    • प्रकाशित मितिः असार २२, २०७९
    • 1,049 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एसईई स्पिकर’ को फाइनलमा १० प्रतियोगी

    धरान । एसईई स्पिकर सिजन २ को फाइनलमा १० जना प्रतियोगी प्रवेश गरेका छन् । दोस्रो चरणमा सहभागी १६ प्रतियोगी मध्ये उत्कृष्ट १० फाइनलमा प्रवेश गरेका हुने । ¥याडिकल लाइट नेपाल प्रालिद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न दोस्रो चरणको स्पर्धाबाट आदर्श मावि चतराकी प्रज्ञा न्यौपाने, हिमालयन स्कुल चतर ाकी एङ्लिसा थापा र रविना तामाङ, कोशी बोर्डिङ धरानका आवेग श्रे ष्ठ र एशिका कार्की फाइनल प्रवे श गरेका हुन् । त्यसैगरी जन सहयो ग मावि तरहराकी एल्जिना खाती, भरौल बालमन्दिरका दिमन गिरी, शिक्षा सन्देस बोर्डिङ पानमाराका र जनिश न्यौपाने, हिबिस्कस स्कुल धरानकी सिसम गुरुङ र बिष्णु मेमो रियल स्कुल धरानकी

    • प्रकाशित मितिः असार २२, २०७९
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved