धरानका महिलाको वृत्ति विकासका लागि ‘मिस धरान’ हुने

  • असार २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानका युवतिहरुको वृति विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको मिस धरान २०२२ को अडिसन शुरु भएको छ ।

धरानमा बसोबास गर्ने युवतीहरु लक्षित गरी आयोजना गर्न लागेको “मिस धरान २०२२ “ को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

एसइइ उत्तीर्ण देखि स्नातकक तहसम्मका युवतीहरुलाई समावेश गरेर आयोजना गर्न लागिएको मिस धरान पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो । प्रतिष्पर्धामा आएका युवतीहरुलाई बोल्ने शैली , आइक्यु लगायतका सामान्य सवालजवाफबाट अडिसनबाट छानिनेछन् ।

फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता “मिस धरान २०२२ “ शुरु भएको हो ।

शनिवार भएको े पहिलो अडिसनका निर्णायकहरु मिस पुर्वान्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फस््ट रनर अप इक्सा मादेन , मिस तामाङ्ग २०१९ प्रदेश १ कि बिजेता तथा कोरियोग्राफर प्रोजिता तामाङ्ग , मिस टुरिजम २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ्ग तिगेला रहेका थिए ।

चाडै दोस्रो अडिसन हुने आयोजकले जनाएको छ । दोस्रो अडिसन गरिसकेपछि “मिस धरान २०२२ “ को ट्रेनिग सुरु गरिने छ । अडिसनबाट छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ। साउन दोस्रो साता हुने फिनालेबाट मिस धरान २०२२ बिजेता , फस््ट रनर अप, सेकेन्ड रनर अफसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका जिभिन्न सब –टाइटलको उपाधि प्रदान गरिने आयोजकले जनाएको छ ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved