सडक सञ्जालमा प्रदेश सरकारको न्यून प्रगति

  • असार २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश १ सरकारको साढे चार बर्ष कार्यकाल पूरा हुँदा समेत सबै स्थानीय तहहरुमा सडक सञ्जालले छुन सकेको छैन । अझै पनि प्रदेश १ का दुई पालिकामा सडक सञ्जालले छुन सकेको छैन, त्यहाको स्थानीयको जनजीवन कष्टकर बित्दै आएको छ ।

सडक सञ्जालमा नजोडिएका पालिका हुन सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका र संखुवासभाको सिलिचोङ गाउँपालिका । भौगोलिक विकटता समेत रहेको दुइ पालिकामा सडक सञ्जाल पुग्न नसक्दा स्थानीयहरुले अत्यावश्यक कामकामा लागि सदरमुकाम पुग्न पनि पैदलै हिड्नुपर्ने बाध्यता छ ।

प्रदेश सरकारका अनुसार हालसम्म प्रदेशका १ सय ३५ पालिकामा सडक सञ्जाल जोडिएको छ । पासाङल्यामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंले अझै २१ किलोमिटर सडकको खुल्न हुन बाँकी रहेको जानकारी दिए । उनले भने ‘अब २१ किलोमिटर सडक ट्रयाक बाँकी छ, ट्रयाक खौलना दुई बर्ष भन्दा बढी लाग्न सक्छ ।’ उनले सडक निर्माण सम्पन्न भएको स्थानबाट सदरमुकान पुग्न सर्वसाधारणलाई एक दिन र एक विहान लाग्ने बताए । उनले भने ‘सडक टुंगिएको स्थानबाट एक दिन र १ बिहान हिंडेपछि मात्रै पालिकाको सदरमुकाम चौंरिखर्क पुगिन्छ ।’

सडक सञ्जालले नजोडिएकै कारण सवारी भाडामा समेत समस्या भएको उनको भनाई छ । उनले भने– काठमाडौंबाट सल्लेरी आउँदा २ सय ८५ किलोमिटरको २ हजार ३ सय रुपैयाँ भाडा तिर्नुपर्छ, सलेरीबाट सडक सञ्जाल भएसम्मको स्थान जम्मा ४१ किलोमिटर छ, यहाँसम्म आउँदा २ हजार ५ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । उनले बजेट अभावकै कारण समयमै सडकको ट्रयाक खोल्न नसकेको बताए । उनले भने– ‘गाउँपालिका आफ्नै पहलमा हालसम्म ४७ किलोमिटर सडकको ट्रयाक खोलिएको छ संघ वा प्रदेशले २ करोडजति बजेट दिने हो भने पालिकाको सदरमुकामसम्म जाने बाटो खुल्ने थियो । उनले भने, संघले छुट्याएका ६२ करोड बजेट समेत नदिएको बताए ।

उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा यही पर्ने भएपनि सरकारले यसलाई उच्च प्राथमिकतामा बजेट विनियोजन नगरेको बताए । उनले भने–‘यो पालिकामा सर्वोच्च शिखर सगरमाथा पनि पर्छ यहाँ विश्वका पर्यटकहरु आउँछन्, भरपर्दो हवाइ सेवा छैन, राष्ट्रलाई करोडौं रोयल्टी उठ्छ, तर पनि भरपर्दो यातायातको व्यवस्था सरकारले चासो दिँदैन ।

संघीय सरकारले भने सगरमाथा क्षेत्रसम्म जाने मार्गको सुधार गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरी २ घण्टामा सागरमाथा क्षेत्रमा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्ने बताएका थिए ।

यस्तै संखुवासभाको सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले पालिका सदरमुकाम ताम्कु जोडिन अझै ३ वटा मोटरेबल पुल बन्नुपर्ने बताए । ‘अरुणमा मोटरेवल पुल बनाउने भनेर शिलन्यास समेत भयो । तर कहिले बन्ने हो टुंगो छैन । संखुवा खोलामा पनि अहिले बन्ने अवस्था देखिँदैन, सिसुवा खोलामा ६ करोडमा बन्ने गरी डिपिआर तयार भएको छ,’ अध्यक्ष मेवाहाङले भने, ‘वर्षायाममा हामी जिल्ला सदरमुकाम खाँदबारीसँग सम्बन्ध विच्छेद जस्तै भएको छ । केही वर्ष अझै बन्ने अवस्था छैन ।’ उक्त पालिकामा सडकको ट्र्याक भने पुगिसकेको छ । पुल बनेपछि सवारी आवतजावत हुने उनको भनाइ छ ।

प्रदेश सरकारको आर्थिक सर्भेक्षण प्रतिवेदन अनुसार दुई पालिकामा सडकको पहुँच पुग्नका लागि झण्डै ४० किलोमिटर ट्र्याक खोल्नु पर्नेछ । यस्तै सडक पुगेको तर पक्की हुन बाँकी पालिकाको संख्या ५४ रहेको छ । ति पालिकाको सदरमुकामसम्म कालोपत्रे पुर्याउन १ हजार ७९ किलोमिटर रहेको छ ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved