धरान । मोरङको बेलबारमा सर्वदंश उपचार केन्द्र स्थापना नहुदा आसपासका सर्वसाधारणहरुले धेरै समस्या भोग्नुपरेको थियो । सर्पले डसिहाले त्यहाका सर्वसाधारणर्ला उपचारको झापाको दमक, सुनसरीको इटहरीमा रहेको सर्पदंश सेवा केन्द्रमा पुर्याउनुपर्ने बाध्यता थियो । नजिकै उपचार केन्द्र नहुँदा धेरैले मृत्युवरण गर्नुपर्ने अवस्था थियो । तर अहिलो भने त्यो समस्याबाट बेलबारी तथा आसपासका सर्वसाधारण मुक्त भएका छन् ।
केराबारी ९ घंघरुका मिनकुमार पौडेललाई ५ बर्ष अगाडि गाउँमै खेतमा गोमन सर्पले डस्यो । खेतमा पानी लाउन राति टर्चलाइट बालेर गएका उनको खेतमा पुग्न नपाई आफ्नै खुट्टाले गोमन सर्पलाई टेकेपछि उनलाई खुट्टामा डस्यो । सर्पले डसेपछि उनी आत्तिए तत्काल उनलाई इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश सेवामा ल्याइयो । उपचारपश्चात बाल बाल उनी बाँचे । अहिले उनी सकुसल टेम्पो चलाएर जिविकोपार्जन गर्दै आएका छन । उनी भन्छन्–‘टोक्नेवित्तिकै थाहा पाइहाले, हत्तपत्त बाँधेर टेम्पो रिजर्व गरेर इटहरी नपुगेको भए म अहिले यहा हुन्नथे ।’
उनी जस्तै गाउमा धेरैलाई सर्पले टोक्दा धेरै समस्या भएको उनी बताउछन् । घंघरुबाट बेलबारीको दूरी करिब १० किमीको रहेको छ । बेलबारीमात्र एउटा उपचार केन्द्र भए आफूहरुलाई सहज हुने उनीहरु बताउदै आएका थिए । स्थानीय रविन गुरुङले सर्पले टोक्दा छेउछाउमा उपचार केन्द्र नभएकै कारण धेरैले मृत्यु वरण गर्नुपर्नेको बताउछन् । तर अहिले बेलबारीमा उपचार केन्द्र बनिसकेपछि भनो सहज भएको उनी सुनाउछन् । उनी भन्छन्–‘बर्षाको समयमा यहाँ धेरै डरमर्दो हुन्छ, आसपासमा उपचार केन्द्र नहुँदा समस्या थियो, तर अहिले बेलबारीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ, ढिलै भएपनि यसले सर्वसाधारणलाई सहज हुन्छ ।
बेलबारी २ की मिना राईले सुनाइन्, ‘बेलबारीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा नआएको भए मेरो ज्यान जाने थियो ।’ उनलाई केही दिन अगाडि गोमन सर्पले टोकेको थियो, परिवारले हत्तपत्त बेलवारीमा खोलिएको उपचार केन्द्रमा पु¥याए, समयमै पु¥याएका कारण उनी बाँचिन । उनी भन्छिन् ‘घर नजिकै उपचार गराउन पाउँदा ज्यान जोगिएको हो, नभए के हुन्थ्यो भन्न सकिदैनथ्यो ।’ गाउँमै सर्पदशंका बिरामीको उपचार हुँदा बेलबारीबासीलाई मात्रै होइन उत्तरी मोरङका जनतालाई राहत पुगेको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति मोरङको प्राविधिक सहयोग र नगरपालिकाको व्यवस्थापनमा सो सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो । पुरानो नगरपालिकाको भवनमा उपचार केन्द्र राखिएको छ ।
बेलबारीमा सर्पदशं उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएको छ । पानी पर्न थालेपछि बिरामीको संख्या ह्वातै बढेको हो । गत बैशाख ५ गते बाट संचालनमा आएको अस्पतालमा हालसम्म २५ जना बिरामी पुगेका छन् । बैशाखमा २ जनाको उपचार गराइएको थियो भने जेठमा १६ जना र असारमा ९ जना सर्पदंशका बिरामी आएको उपचार केन्द्र बेलबारीकी अहेब इन्दिरा खतिवडा चौलागाइँले बताइन् ।
तराईका जिल्लामा गर्मी याम सुरु भएपछि सर्पदंशका बिरामीको संख्यामा वृद्धि हुने गरेको छ । उनले भनिन्–‘सर्पले टोकेपछि प्राथमिक उपचारमा समय खेर नफाल्न फाल्नुहुँदैन, परम्परागत प्राथमिक उपचारले मानिसको ज्यान जान सक्छ, चाडो उपचार केन्द्रमा लानुपर्छ ।’ डा. उमेश शाहले बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउनु सुझाव दिएका छन् । उनले भने ‘सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने प्रभावित अङ्गमा कसेर बाँध्दा त्यो अङ्ग कुहिन सक्छ, तत्काल उपचारका लागि लागिहाल्नुपर्छ ।’