भन्सार छली गरेर ल्याएको सामान झापामा बरामद

  • असार २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतबाट भन्सार छली ल्याएएको लत्ता कपडा मोरङ प्रहरीले बरामद गरेको छ ।

प्रहरीले नेपाल भारत सीमा नाकामा कडाइ गरेकोा जनाएपनि मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारी, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन ।

मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेको छ ।

बिना कागजात ल्याइएको १८ पोका कपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बुधबार बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस पार्क नजिकैबाट विहान ३ बजे बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए । उनले भने–‘ भन्सार छली ल्याइएका कपडा हामीले बरामद गरेका हौ, जम्मा १८ पोका कपडा रहेको छ, यसको मूल्य २९ लाख ९३ हजार १ सय रुपैयाँ पर्न आउँछ ।’

विशेष सूचनाको आधारमा प्रहरीले विर्तामोडको पश्चिम बसपार्कमा भण्डारण गरेर राखेको अवस्थामा फेला परेको डिएसपी भण्डारीले बताए । उनले भने–‘मोरङबाट गाडीमा हालेर ल्याएको सो परिमाणको लत्ताकपडा बितामोडको पश्चिम बस स्ट्यान्ड नजिकै भण्डारण गरी गाडी फर्किसकेको रहेछ । विशेष सूचनाको आधारमा हामीले भण्डारण गरेर राखिएको स्थानको पहिचान गर्‍यौँ। भण्डारण गरी राखिएको स्थानबाट कपडाका पोकाहरू ठेला भ्यानमा हालेर दुर्गा भवानीको गोदामतर्फ लैजाने तयारी भइरहेको समयमा कपडाका पोकाहरू बरामद गर्न सफल भएका हौं ।

लत्ताकपडा भन्सार आउन छाडे पनि पूर्वका बजारहरूमा लत्ताकपडा छ्यापछ्याप्ती पाउन थालेपछि यस बारेमा जिल्लास्तरीय राजश्व चुहावट नियन्त्रणको बैठकमा समेत पटक पटक कुरा उठिसकेको बताइएको छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved