‘एसईई स्पिकर’ को फाइनलमा १० प्रतियोगी

  • असार २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । एसईई स्पिकर सिजन २ को फाइनलमा १० जना प्रतियोगी प्रवेश गरेका छन् ।

दोस्रो चरणमा सहभागी १६ प्रतियोगी मध्ये उत्कृष्ट १० फाइनलमा प्रवेश गरेका हुने । ¥याडिकल लाइट नेपाल प्रालिद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न दोस्रो चरणको स्पर्धाबाट आदर्श मावि चतराकी प्रज्ञा न्यौपाने, हिमालयन स्कुल चतर ाकी एङ्लिसा थापा र रविना तामाङ, कोशी बोर्डिङ धरानका आवेग श्रे ष्ठ र एशिका कार्की फाइनल प्रवे श गरेका हुन् । त्यसैगरी जन सहयो ग मावि तरहराकी एल्जिना खाती, भरौल बालमन्दिरका दिमन गिरी, शिक्षा सन्देस बोर्डिङ पानमाराका र जनिश न्यौपाने, हिबिस्कस स्कुल धरानकी सिसम गुरुङ र बिष्णु मेमो रियल स्कुल धरानकी प्रतिष्ठा श्रेष्ठ फाइनलमा पुगेका छन् । प्रतियोगीले ‘लागू औषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थीको भुमिका’ र ‘सामाजिक सन्जालको दुरुपयोगले विद्यार्थीमा पारेको असर’ विषयमा वक्तृत्व प्रस्तुत गरेका थिए ।

एसईई दिएर बसेका विद्यार्थीलाई खाली समयको सदुपयो ग गर्दै व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष तीर्थ कार्कीले बताए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्लस टु अध्ययनका लागि शत प्रतिशत र ५०% छात्रवृत्ति प्रदान गरिने कार्कीले जानकारी दिए ।

प्रतियोगिताका निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप– प्राध्यापक एवम् कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोही र युएन कले जका अध्यापक विजय आछामी रहे का थिए । कार्यक्रममा धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले र १४ का वडाध्यक्ष कृष्ण भट्टराईको उपस्थिति रहे को थियो । फाइनल आगामी असार २७ गते सोमबार हुने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन कोरियो ग्राफर तथा मोडल मेरिना तुम्साले गरे की थिइन् ।

मानवीय विकाशमा प्रदे ...

धरान /भौतिक विकाशले मात्रै नभई मानवीय विकाशले सभ्य ...

नोबेलकी नर्स चन्द्रि ...

विराटनगर/विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर् ...

दोस्रो गोर्खा ट्रेल ...

धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धर ...

फागुन महिनाको सर्वोत ...

बिराटनगर/ इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved