‘फ्रेबिक माला’मा भविष्य खोज्दै धनकुटाका महिलाहरु

  • असार २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटाको महालक्ष्मी नगरपालका वडा नं. ८ मुर्तिढुंगाका ४ जना महिलाहरु व्यवसायिक फ्रेविक माला बनाएर आत्मनिर्भर बनेका छन् ।

लक्ष्मी कार्कीको नेतृत्वमा ४ जना महिलाहरु मिलेर फेब्रिक माला बनाउदै आत्मनिर्भर बनेका हुन् । कार्कीसँगै समूहमा कल्पना चापागाई, बालिका थापा, र कमला थापाले माला बनाउने कार्य शुरु गरेका हुन् ।

धनकुटामा फूलको खेति हुने भएपनि फूल चाडै आइलाउने र दीगो समयसम्म राख्न नसकिने भएकोले पनि फ्रेविक मालाको प्रचलन बढ्दै गएकोले पनि व्यवसायिक फ्रेविक माला उत्पादनमा जोड दिएको लक्ष्मीले बताइन् । उनले भनिन्–‘विवाह, व्रतबन्ध लगायतका सामाजिक संस्कारमा पछिल्लो समय फ्रेविक मालाको प्रयोग बढ्दै गएको छ, यसमा भविष्य देखेर गाउँमा शुरु गरेका हौै ।’

उनले धनकुटा जिल्ला बाह्रैमास फुल फुल्न सक्ने जिल्ला भए पनि उचित प्रबिधि र बीउहरु नभएकोले फेब्रिक मालाको निकै ठुलो महत्व रहेको बताइन् ।febrik mala pic

महिलालाई आत्मनिर्भर बनाउन महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा यो क्षेत्रका महिलाहरुलाई २०७७÷०७८ को आ.बा. मा उधमशीलताको लागि तालिम प्रदान गरेको थियो । त्यही सीपलाई सदुपयोग गर्दै प्रयोगमा ल्याएको अर्की उद्यमी कल्पना चापागाई बताउछन् । उनी भन्छिन्–‘गाउँमा फूलहरु रोप्ने प्रसस्त जमिन भएपनि चाडपर्वहरुमा मात्र फूलको अत्याधिक माग रहेकोले यसको व्यवसाय शुरु गरेको हौ ।’ उनले तालिमका सिकेका कुरालाई व्यवहारमा उतार्न भएपनि चार जना मिलेर फ्रेविक माला बनाउन थालेको बताइन् । उनले भनिन्–‘यसका लागि

कच्चा कपडा ईटहरीबाट ल्याउँछौ १ किलो कच्चा फेब्रिव कपडाबाट ८ वटा सम्म माला बन्ने र एक दिनमा एकजनाले ५ वटा सम्म माला बनाउन सकिन्छ ।’

समूहमा रहेकी बालिका थापाले पनि फ्रेविक मालामा भविष्य देखेको बताइन् । उनले भनिन्‘ हामीले बनाएको एउटा माला १ सय ३० रुपैयाँ देखि १ सय ५० रु पयाँ सम्ममा बिक्री हुन्छ । एकजनाले एकदिनमा ६ सय देखि ९ सय सम्म घरैमा बसेर माला बनाउन सकिन्छ ।’

उनका अनुसार आफूहरुले बनाएको माला बिबाह, ब्रतबन्ध लगायतका सामाजिक संस्कारमा बढी प्रयोग हुने गष्रेको छ । यसका साथै राजनीतिक दल, सामाजिक संघ संस्थाले समय समयमा गर्ने कार्यक्रममा समेत माला विक्री हुने गरेको समूहमा रहेकी कमला थापाले बताइन् । उनले भनिन्– अतिथिहरुका लागि समेत यो माला निकै महत्वको रहेको छ । नबिग्रिने र धोएर समेत पुनः चलाउन सकिने भएकोले पनि कार्यक्रमहरुमा यो माला बढी प्रयोगत हुने गरुेको छ ।’

उनले चाडपर्वमा यसको भविष्य अझ रहेको बताइन् । उनले भनिन्–‘नेपालीहरुको मौलिक पर्व तिहार र दशै जस्ता चाडपर्वमा प्रसस्त्रै मात्रामा बिक्री गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ, हाल धनकुटा जिल्लामा मालाको माग बढ्दै गएको छ, प्रचारप्रसार हुदै गयो भने अन्यत्र पनि माग बढ्न सक्छ, यसले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्छ भन्ने हामीलाई लागेको छ ।’

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved