समाचार

    Showing 5,901-5,910 of 10,031 items.
  • अगस्त २ भित्रै नयाँ पुल सञ्चालनमा डि.एम.को आश्वासन

    धरान । भारतको अररीया (विहार)की डिष्ट्रिक्ट मजिस्टे«ट (डि.एम.) श्रीमती इनायत खानले अगस्त २ भित्रमा मिरगञ्जको पुल सञ्चालनमा आउने आश्वासन दिएकी छन् । केही समय अगाडि मोरङका व्यापारी व्यवसायीहरुले अररिया नै पुगेर पुल सञ्चालनको माग गर्दै ज्ञापन बुझाएका थिए । सोही अनुरुप खानले मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाललाई टेलिफोन मार्फर्त बथनाहा–जोगबनी सडक खण्डमा मीरगञ्ज पुल अगस्त २ तारिकभित्र सञ्चालनमा ल्याउने आश्वासन दिएकी हुन् ।् संघका अध्यक्ष रिजालले भने–‘मिरगञ्ज पुल निर्माण नहुदा नेपाली उद्योगी व्यवसायीहरुलाई भारतबाट सामान आयात गर्न साह्रो गाह्रो परेपछि हामीले अररिया नै पुग

    • प्रकाशित मितिः असार २९, २०७९
    • 891 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सम्मानित

    धरान । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित हुनु भयो । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण

    • प्रकाशित मितिः असार २९, २०७९
    • 823 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुणस्तरहीन सडक निर्माण भएको भन्दै स्थानीय आक्रोसित

    धरान । मोरङको सुनवर्षी नरपालिका–९ डायनियाँमा गुणस्तरहीन सडक निर्माण भएको भन्दै स्थानीय आक्रोसित भएका छना् । डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जाने सडकको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोशीत बनेका हुन । १५ दिन अगाडि सो सडकमा मापदण्ड अनुसार काम नभएको भन्दै सुनवर्षी नगरपालिकाकी उपमेयर मिरा देवी दासले अनुगमन समेत गरेकी थिइन । सोही दिन प्राविधिक सहितको टोलिले सडक अगुगम गर्दा काम गुणस्तरहिन भेटिएको थियो । उमेयर दाशको टोलीले गरेको अनुगमनका क्रममा काम गुणस्तरहीन भएको स्वयम् उपमेयर दाशले बताएकी थिइना् । इन्तीयाज आलमको साहेमा कन्स्ट्रक्सन प्राईभेट लिमिटेडले ठेक्का लिएको सो सडक १० दिन अगा

    • प्रकाशित मितिः असार २९, २०७९
    • 869 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • प्रभावितलाई मुआब्जा र शेयर उपलब्ध गराउन गाउँपालिकाको माग

    धरान । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले तल्लो अरुण जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको सुविधा उपलब्ध गराउन माग गरेको छ । शुक्रबार पालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुरमा निवेदन पेश गर्दै माग गरेको हो । ६७९ मेगावाटको उक्त योजनाले प्रभावित क्षेत्र कायम गरि घर तथा जग्गाको मुआब्जा तथा शेयर उपलब्ध गराउन माग गरेको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले उक्त आयोजनाले टेम्के मैयुङ गाउँपालिका अन्तर्गत पर्ने मुन्धुम पदमार्ग साथै अन्य पर्यटकीय क्षेत्रलाई समेत प्रभावित पारेको उल्लेख गर्दै प्रभावित अन्य क्षेत्रको समेत मुआब्जा उपलब्ध गराउन जिल्ला प्रशासन मार्फत लगानी बोर्डलाई निवेदन पेश गरिएको बताए ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा पनि ‘नाइरोबी फ्लाइ’

    धरान । अहिले नेपालमा नया रोग फैलिएको छ । किराको टोकाइबाट हुने यो रोगबाट प्रदेश नं. १ को झापा, मोरङ, सुनसरीमात्र हैन पहाडी क्षेत्र इलाममा समेत देखिएको छ । इलाममा जिल्लाका केही पालिकामा नाइरोबीका संक्रििमत फेला जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ l जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता कीराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ&rs

    • प्रकाशित मितिः असार २९, २०७९
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मंगलबारबाट पुरानो बजारमा एकतर्फी पार्किङ

    धरान । दिनप्रतिदिन सवारी चाप गएपछि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालाहरु गम्भीर बनेका छन् । धरान ३ माछाभौडीदेखि सिंहदेवीचौकसम्म मंगलाबारबाट सवारी साधनको एकतर्फी पार्किङ शुरु गरिएको छ । दुईतर्फी पार्किङ हुदा सवारी आवागमनमा सहज बन्ने र दुर्घटना बढ्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनप्रतिनिधि, व्यापारी तथा व्यवसायीहरुसँग एकतर्फी पार्किङका लागि पहल अगाडि बढाएको थियो । एकतफी पार्किङका लागि पटक पटक छलफल समेत भए, अन्तत: सबैको समझदारी अनुरुप धरानको पुरानो बजारमा एकतर्फी पार्किङ राख्ने काम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनल

    • प्रकाशित मितिः असार २९, २०७९
    • 1,749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकको नामकरण पेचिलो बन्दै: पहिचानको आधारमा नामाकरण नभए आन्दोलन गर्ने चेतावनी

    धरान l प्रदेश एकको नामाकरण पछिल्लो समय थप पेचिलो बन्दै गएको छ । मुख्य ठूला दलहरुले कोशी वा सप्तकोशी नामाकरण गर्ने विषयमा छलफल गरिरहँदा पहिचानवादीहरुले यसमा आपत्ति प्रकट गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रदेश सरकारको साढे चार बर्षको अवधिमा तीनवटा मुख्यमन्त्री फेरिए सके तर अब समय सकिन लाग्दा नेकपा एमाले तथा गठबन्धनका दलहरुले पहिचानको मुद्दालाई ओझेलमा पारेर प्रदेश एकको नामकरण गर्न लागेको भन्दै पहिचानवादीहरुले मंगलबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउदै साउन ५ गते विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएका छन् । लिम्बुवान, किराँत संयुक्त संघर्ष

    • प्रकाशित मितिः असार २९, २०७९
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    धरान । विभिन्न प्रलोभनमा पारी विद्यालयका छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा आइतबार दिउँसो उजुरी परेको थियो । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घट्नापछि शिक्षक राई फरार थिए । राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । प्रहरीले राति ९ बजे विद्यालय हाताबाटै शिक

    • प्रकाशित मितिः असार २८, २०७९
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपाधि जितेको रकम भाइको जन्मदिनमा असहायलाई सहयोग

    धरान । एसइई स्टेट १ डान्सिङ स्टार प्रतियोगितामा भाग लिएर सेकेण्ड रनरअप बनेकी प्रकृति खाापुलले भाइको जन्मदिन पारेर अपाङ्ग तथा असहायहरुलाई सहयोग गरेकी छन् । धरान–१२ को सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा खापुङले पुरस्कार वापत आएको रकम भाइको जन्मदिनका अवसरमा धरानको छाताचौकमा रहेको अपांग तथा असहाय केन्द्रमा सहयोग गरेकी हुन् । खापुङले  उपाधिसँगै १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । पुरस्कार रकममा २ हजार थप गरेर उनले भाई प्रतिक खापुङको जन्मदिनमा  गृहका प्रमुख भीम राईलाई हस्तान्तरण गरेकी हुन् । गृहका प्रमुख भीम राईले प्रकृतिको सहयोगी मनको खुलेरै प्रशंसा

    • प्रकाशित मितिः असार २८, २०७९
    • 992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिर्जनशील जन्मोत्सव: बालबालिकासँग उपमेयर बेघाको जन्मदिन

    धरान । धरान उप–महानगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले अपांग तथा असहाय बालबालिकासँग आफ्नो जन्म दिन मनाएका छन् ।  सोमबार उनलो आफनो जन्मदिन धरान छाताचोकमा रहेको अपांग तथा पुनःस्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरुसङ्गै खाना खाएर जन्म दिन मनाएका हुन् । बेघाले भने–‘जन्म दिनमा गरिने फजुल खर्चलाई कटौति गरेर बालबालिकासँग जन्म दिन मनाउँदा आनन्द लागेको छ ।’ रचनात्मक ढंगबाट उपमेयर बेघाले  जन्मदिन मनाएकोप्रति केन्द्रका प्रमुख भिम राईले जानकारी प्रशंसा गरे । राईले उप–प्रमुख बेघालाई जन्म दिनको शुभ–कामना समेत ब्यक्त गर्दै धरानको समग्र

    • प्रकाशित मितिः असार २८, २०७९
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved