छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

  • असार २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विभिन्न प्रलोभनमा पारी विद्यालयका छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा आइतबार दिउँसो उजुरी परेको थियो ।

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घट्नापछि शिक्षक राई फरार थिए । राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ ।

प्रहरीले राति ९ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनले भने–‘फरार शिक्षकलाई घटनाबारे विद्यालयमा छलफल गर्न योजनावद्ध ढंगले बोलाएर छात्र–छात्रा र अभिभावकहरुले घेराउ गरेर राखिएको अवस्थामा प्रहरीले गिरफ्तार गरेका हौ ।’

राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरुलाई मैया भनेर जिस्क्याउने, ब्राको इलास्टिक तन्काई दिने, संवेदनशील अंगमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको भन्दै प्रहरीमा परेको उजुरी परेको थियो ।

धनकुटाको सहिदभूमि गाउँपालिका–३ कुङलाङ घर भएका ४० वर्षीय राई २०६५ सालदेखि सो विद्यालयमा राहत दरबन्दीमा रहेर गणित विषय पढाउँदै आएका छन् । शिक्षक राईले विगतदेखि नै छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको र पछिल्लो समय असार २१ गते बालिकाहरु विद्यालयमा एक शिक्षिकाको जन्मदिन मनाउने क्रममा एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि घटना बाहिरिएको स्थानीयले बताएका छन् ।

शिक्षक राईलाई बाल यौन दुरुपयोग मुद्दामा राईविरुद्ध प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । सो विषयमा मुलुकी ऐन अपराधसंहिता २०७४ को दफा २२५ अन्तर्गत कसुरमा अदालतसमक्ष मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved