विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सम्मानित

  • असार २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित हुनु भयो । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डित तथा कलाकार करुणा झालाई भानु पदकबाट विभूषित गरिएको थियो ।

सोही अवसरमा भानु चतुर्भुज आशावादी सम्मान मिलन सिंह मधुर र रामकिशोर उपाध्यायलाई प्रदान गरिएको थियो । उहाँहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङ र आयोजक संस्थाकी अध्यक्ष माया पौडेल आशावादीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रम संयोजक प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट नेपाललाई जोडेको बताउनुभयो ।

सोही अवसरमा आयोजित बहुभाषिक कविगोष्ठीमा भगवान झा, ऋषिधन बायुङ राई, भगवती ढुंगेल, गोविन्द तामाङ, भवानीप्रसाद पोखरेल, कर्ण सञ्जय, सरिता तुलाधर, सविना श्रेष्ठ, सुजाता राई, दशरथ रुम्दाली राई, चाँद इराकी, कविता केशरी, लक्ष्मी चौधरी, कुशेश्वर राजवंशी, पूजा बहार, नारायण याक्सोलगायत एक दर्जनभन्दा बढी कविहरुले विभिन्न भाषाका कविता वाचन गर्नु भएको थियो । सो अवसरमा कलाकार सपना साह, अञ्जना नेपाल, सरिता अर्याल, जमुना सापकोटा, टीका श्रेष्ठ, ग्रिस्मा श्रेष्ठ र संगीता यादवले नृत्य प्रस्तुत गर्नु भएको थियो । गायक श्याम बास्कोटाले गीत गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved