उपाधि जितेको रकम भाइको जन्मदिनमा असहायलाई सहयोग

  • असार २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एसइई स्टेट १ डान्सिङ स्टार प्रतियोगितामा भाग लिएर सेकेण्ड रनरअप बनेकी प्रकृति खाापुलले भाइको जन्मदिन पारेर अपाङ्ग तथा असहायहरुलाई सहयोग गरेकी छन् ।

धरान–१२ को सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा खापुङले पुरस्कार वापत आएको रकम भाइको जन्मदिनका अवसरमा धरानको छाताचौकमा रहेको अपांग तथा असहाय केन्द्रमा सहयोग गरेकी हुन् ।

खापुङले  उपाधिसँगै १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । पुरस्कार रकममा २ हजार थप गरेर उनले भाई प्रतिक खापुङको जन्मदिनमा  गृहका प्रमुख भीम राईलाई हस्तान्तरण गरेकी हुन् ।

गृहका प्रमुख भीम राईले प्रकृतिको सहयोगी मनको खुलेरै प्रशंसा गरे । उनले भने–‘आफूले जितेको रकम भाइको जन्मदिनमा असहाय तथा अपांगहरुलाई प्रदान गरेर उनीहरुसँगै जन्म दिन मान्नु सह्रानीय कार्य हो ।’

स्कुलका प्रिन्सिपल मिलनकुमार राईले कक्षा–१० मा पढेकी छात्राले सहयोग गर्छु गर्नुु नै ठूलो कुरा भएको बताए । उनले भने–‘ यसले अन्य विद्यार्थीहरुलाई पनि न सामाजिक रुपमा उत्तरदायित्व बहन गर्ने प्रेरणा मिल्छ ।’

सहयोग गर्न पाएकोमा प्रकृतिले गर्वको महसुस भएको बताइन्् । उनले यसभन्दा अगाडि पनि सुनाखरीको क्लबमा आवद्ध हुँदा सहयोग गरेको स्मरण गर्दै भनिन् ‘यसअघि बाल क्लबमा आवद्ध थिएँ’, त्यतिबेला पनि सहयोग गरेकी हुँ, स्कुलका प्रिन्सिपल, शिक्षकहरुले पनि दिनदुःखीहरुको सेवा गर्नुपर्छ भनेर सिकाइरहनुहुन्थ्यो, त्यसैको प्रभावले मैले सहयोा गरेको हुँ ।’

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved