अगस्त २ भित्रै नयाँ पुल सञ्चालनमा डि.एम.को आश्वासन

  • असार २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतको अररीया (विहार)की डिष्ट्रिक्ट मजिस्टे«ट (डि.एम.) श्रीमती इनायत खानले अगस्त २ भित्रमा मिरगञ्जको पुल सञ्चालनमा आउने आश्वासन दिएकी छन् ।

केही समय अगाडि मोरङका व्यापारी व्यवसायीहरुले अररिया नै पुगेर पुल सञ्चालनको माग गर्दै ज्ञापन बुझाएका थिए । सोही अनुरुप खानले मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाललाई टेलिफोन मार्फर्त बथनाहा–जोगबनी सडक खण्डमा मीरगञ्ज पुल अगस्त २ तारिकभित्र सञ्चालनमा ल्याउने आश्वासन दिएकी हुन् ।्

संघका अध्यक्ष रिजालले भने–‘मिरगञ्ज पुल निर्माण नहुदा नेपाली उद्योगी व्यवसायीहरुलाई भारतबाट सामान आयात गर्न साह्रो गाह्रो परेपछि हामीले अररिया नै पुगेर ज्ञापनपत्र बुझाएका थियौ, सोमबार भने अररियाकी डिस्ट्रिक मजिस्ट्रेट इनायत खानले अगस्त २ सम्ममा पुल सञ्चालन हुने आश्वासन दिनुभएको छ ।’

अध्यक्ष रिजालले खानले टेलिफोन वार्ताका क्रममा जिर्णोद्वार गरिएको मीरगञ्ज पुलमा हाल कायम गरिएको ८ टन मात्रको न्यून भार क्षमता बारे प्राविधिक जानकारी लिइरहेको जानकारी दिएको बताए । उनले भने–‘ प्रत्युत्तरमा हामीले प्रहरी प्रशासनकै निगरानीमा भएपनि सो पुलबाट खाली गाडीहरु भारत फिर्ता जान दिने व्यवस्था मिलाउन आग्रह गरेका छौं ।’

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved