प्रभावितलाई मुआब्जा र शेयर उपलब्ध गराउन गाउँपालिकाको माग

  • असार २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले तल्लो अरुण जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको सुविधा उपलब्ध गराउन माग गरेको छ ।

शुक्रबार पालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुरमा निवेदन पेश गर्दै माग गरेको हो ।

६७९ मेगावाटको उक्त योजनाले प्रभावित क्षेत्र कायम गरि घर तथा जग्गाको मुआब्जा तथा शेयर उपलब्ध गराउन माग गरेको हो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले उक्त आयोजनाले टेम्के मैयुङ गाउँपालिका अन्तर्गत पर्ने मुन्धुम पदमार्ग साथै अन्य पर्यटकीय क्षेत्रलाई समेत प्रभावित पारेको उल्लेख गर्दै प्रभावित अन्य क्षेत्रको समेत मुआब्जा उपलब्ध गराउन जिल्ला प्रशासन मार्फत लगानी बोर्डलाई निवेदन पेश गरिएको बताए । उनले भने ‘विगतदेखि स्थानीयको अवरोध रहेको अवस्थामा त्यसबीच समन्वयको लागि प्रभावित क्षेत्रमा सुविधा उपलब्ध गराउन तथा केन्द्र हुँदै खेतीयोग्य उर्वरभूमि र मध्य पहाडी राजमार्ग आसपासका जग्गाहरु प्रभावित हुने भएकाले त्यसको मुआब्जा माग गरेका हौँ ।’

इन्डियन कम्पनी लि.ले निकट भविष्यमा नेपालको लगानी बोर्ड मार्फत लगानी गरेर भोजपुर र संखुवासभा जिल्लाको बीच भागबाट बग्ने अरुण नदिमा ६७९ मेगावाट तल्लो अरुण जलविद्युत आयोजनाको काम गर्दैछ । परियोजना अन्तर्गते टिएल टावर निर्माणबाट प्रभावित भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको न्युनतम ७ रोपनी प्रभावित क्षेत्र कायम गरि घर तथा जग्गाको मुआब्जा उपलब्ध गराउन र परियोजनाले प्रभावित क्षेत्र अन्तर्गत पालिकाका प्रत्येक घरधुरीलाई न्युनतम २ हजार कित्ता शेयर उपलब्ध गराउन पालिकाले माग गरेको छ ।

पालिकाले ट्रान्समिसन लाइन मुनि पर्ने घर तथा चौडा जग्गा प्रभावित ४६ मिटर तोकिएकोमा ८० मिटर सम्म प्रभावित क्षेत्र कायम गरि उचित मुआब्जा उपलब्ध गराउन समेत माग गरेको हो ।

सुविधा उपलब्ध गराएमा गाउँपालिकाका स्थानीयले विगतमा गर्दै आएका अवरोधलाई समन्वय गर्न नसकिने गाउँपालिकाले सम्बन्धित पक्षलाई बताएको छ ।

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

धरानबाट साढे २१ सय क ...

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय क ...

खसी चोरी गर्न आएका य ...

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी च ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved