सुनसरी/ इटहरीको इतिहासका विभिन्न पक्ष बारे उजागर गरिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो । इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । ३ सय ३६ पृष्ठको पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभ
रंगली । मोरङ स्थित रंगेलीका श्री प्रसाद मुखियाको ग्वालीमा बाधेका ४ वटा गाईलाई अज्ञात समुहले हत्या गरिदिएका छन् । रंगेली नगरपालिका बडा नम्बर ७ मा रहेको उनको ग्वालीमा रहेका ९ वटा गाई मध्ये एक महिनाको अन्तरमा ४ वटाको हत्या भएको हो । उनको ग्वालीको ताला फुटाएर पसेका अज्ञात समुहले गत साउन ९ गते दुइ वटा र साउन ३० गते दुई वटा गाईको हत्या गरिदिएको उनले बताए । पुनः सोमबार ब्याउन लागेको गाईलाई घाइते बनाएको अवश्था छाडिदिएको उनले बताए । वडा कार्यालय नजिकै रहेको नगरपालिकाको जग्गामा बसोबास गर्दै आएका मुखियाले गत वैशाखमा नयाँ टोल स्थित आफ्नै नयाँ जग्गामा ग्वाली बनाएका थिए । वैशाख देखि नयाँ जग्गामा ग्वाली सा
विराटनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अगाडि नै प्रदेश नं १ मा नयाँ सरकार गठन हुने बताएका छन् । नयाँ सरकार बनाउने गृहकार्य शुरु भईकेको र यो बन्नेमा आफू विश्वस्त भएको कार्कीले बताएका हुन । संसदीय दलको तर्फबाट विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै कार्कीले भने,“ नयाँ सरकार दशैं अगावै बन्नेमा म विश्वस्त छु । कसको सरकार बन्छ भन्दा पनि शेरधन राई नेतृत्वको सरकार ढल्ने छ ।” कार्कीले यही मेसो बुझेरै प्रदेश सरकारले चलिरहेको प्रदेश सभाको बर्खे अधिवेशन हठात रुपमा अन्त्य गरेको बताए । उनले प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्ने अनौठो भन्दा पनि विगतकै कार्यल
धरान । लामो समय देखि धरानमा बजाजको मोटरसाइकल बिक्रि गर्दै आएको अर्विन एण्ड ब्रदर्श अटोले आफ्नै जग्गामा बजाज शोरुम संचालन गरेको छ । धरान ८ स्थित खहरेखोला छेऊमा जग्गा खरिद गरि ‘भिभाइपी शोरुम’ सञ्चालनमा ल्याएको हो । ११ वर्ष देखि बजाजको मोटरसाइकल शोरुम भाडाको घरमा संचालन गर्दै आएको थियो । भाडाको घरमा चलाइएको शोरुमको आफ्नै जग्गामा शोरुम खोलेको अटोका सञ्चालक अर्विन तामाङले बताए । यस्तै, पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स शोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘कुचुक्क परेको ठाउँमा मर्मतसम्भार लगायत पार्टस पनि बिक्रीवितरण गर्दै आएका थियौं, त्यही भएर यहाँ
विराटनगर / कोरोनाका कारण स्थगित भएको प्रदेश नम्बर १ लोकसेवा आयोगले पहिलो दुई वटा परिक्षा संचालन गरेको छ । इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर (पद संख्या ८५) र सहायक स्तर पाँचौ तह सब इन्जिनियर पदमा जम्मा ४८ पद संख्याको पदपूर्तिको लागि परीक्षा संचालन गरेको हो । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईका अनुसार २०७७ चैत ९ गते, बैसाख ६ गते र असार २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका रिक्त पदहरुको परिपूर्तिका लागि माग आपुर्ती फाराम प्राप्त भएको थियो । सोही अनुरुप चैत ३० गते स्थानीय सरकारी सेवा अन्तर्
विराटनगर/ घरेलु रक्सीलाई ब्राण्डिङ गर्न सम्भाव्यता अध्ययन गर्न प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्समले १० जिल्लाका २ सय २९ घरेलु मदिरा उत्पाबदकहरु, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए । सोमबार सामाजिक विकास मन्त्री उषाकला राईलाई समितिका पदाधिकारीले अध्ययन प्रतिवेदन बुझाएका छन् । मन्त्री राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियान चलाएर प्रदेश सरकारको गौरवको योजनाको रुपमा घरेलु रक्सीको ब्रान्डीङमा जोड दिदै आएकी छन् । सामाजिक विकास मन्त्रालयल
मोरङ/ विराटनगर विमानस्थल बिस्तारका क्रममा लिएको जग्गा मुआब्जाको काम सुस्त बने पछि स्थानीयहरु आक्रोशित बनेका छन् । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनामा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ । समयमै बजेट आउने र आफुहरुले मुआब्जा पाउने आशामा बसेका विमानस्थल पिडितहरु सरकारले बजेटको ब्यवस्था नगर्दा र स्थानीय प्रशासनले अधिग्रहणको काम अघि नबढाउँदा आक्रोशित बनेका छन् । विराटनगर बिमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षक
धरान/ धरान उपमहानगरपालिकाकी उपमेयरको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितीले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्र पार्छ । गत आइतबार र सोमबार पनि सधै झै चाडपर्वलाई लक्षित गरि धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरुकोे व्यवसायीक प्रमाणपत्र हेरिएको थियो भने मासु पसल मापदण्ड अनुसार सञ्चालन छ या छैन भन्ने विषयमा केन्द्रित भएर अनुगमन गरिएको थियो । अनुगमन समितिले धरानका अधिकांश व्यवसायीक फर्महरुमा अनुगमन गर्ने गर्छ । तर जतिपटक अनुगमन गरे पनि गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । तर अनुगमनकर्ताले भने विगतको भन्दा सुधार भएको दाबी गर्ने गर्छन् । मासु
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्लोबल आइएमइ बैंकबीच बैकिंग सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । विशेषगरी बैंकको पहुंच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरु लगायतलाई प्राथमिकतामा राखी बैंकले दिने सेवा सुविधाका सम्वन्धमा सहमति भएको महासंघले जनाएको छ । बैंकले कर्जा र दुबै पक्षीबच कर्जा सुिवधा र अन्य सहुलियत सुविधाहरुमा सम्झौता भएको हो । जसअनुसार व्यवसायी सदस्यहरुलाई लिखि
विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद्ले चालू रहेको प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । अधिवेशन साउन आज सोमबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिएका छन् । प्रदेश सभाको बजेट अधिवेशन गत जेठ २४ गते शुरु भएको थियो । सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक पेश गरेका थिए ।