समाचार

    Showing 5,671-5,680 of 8,609 items.
  • बाढी पिडितलाई खाद्यान्न सहयोग

    बराहक्षेत्र/ केही दिन अघि आएको निरन्तरको वर्षाका कारण प्रभावित बनेका बराहक्षेत्र र रामधुनी नगरपालिकाका २ सय परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । दैनिक ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई बर्षाले समस्या पारे पछि वराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका युबा भिम कट्वालको संयोजनमा वराहक्षेत्र र रामधुनिका २ सय परिवारलाई सहयोग स्वरुप खाद्यान्न सहयोग प्रदान गरिएको हो । कटुवालले पोखरा, चितवन र सुनसरीमा रहेका आफ्न्तहरु सँगको समन्वयमा संकलन भएको रकमबाट वराहक्षेत्र नगरपालिकाको ७ वटा वडा र रामधुनिको वडा नं ४ मा रहेका बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री प्रदान गरेको राहत कार्यक्रमका

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिरामीनै दुर्घटनाको खतरामा

    धरान/ एसियाकै प्रतिष्ठिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडक मै बनेका खाल्डाखुल्डीले एम्बुलेन्सहरु नै दुर्घटनाको जोखिममा परेका छन् । धरान ८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करिब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम त बढाएकै छ, दैनिक सयौंको संख्यामा अन्य सवारी साधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै विरामीलाई अस्पताल सम्म पुर्याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रुट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्याधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीमा जोगाउँदै सवारी साधन चलाउदा दुर्घटनाको जोखिम अत्याधिक रहेको एम्बुलेन्स चालक मिलन रा

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 709 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • प्रधानमन्त्रीको बाढी अनुगमन: आश्वासन बाँडे, हेलिकप्टरमा उडे

    इटहरी\ केही दिन अघिको बाढीले क्षति पु¥याएको स्थानमा अवलोकन गर्न आएका प्रधानमन्त्री शेर बहादुर देउवाले राहतको प्याकेज घोषणा गर्छन भनेर इटहरीवासी सहित अन्य स्थानका नागरिकहरु आश्वस्त थिए । प्रधानमन्त्री आउने चर्चा अघिल्लो दिन देखिनै चलेका कारण राहतको अपेक्षा गरेर बसेका थिए । आइतबार प्रधानमन्त्री आए, इटहरीको सशस्त्र प्रहरीको पुर्वी मुख्यालयमा उत्रिए, त्यहीबाट आश्वासन दिएर फर्के । राहतको अपेक्षा गरेका नागरिकलाई राहत त बाडेनन्, आश्वासन चै बाडे अनि हेलिकप्टरमा उडे । काठमाण्डौबाट हेलिकप्टर चार्टर गरेर सुनसरी लगायत पुर्वका विभिन्न जिल्लाहरू पुगे । तर उनले काठमाण्डौं पुगेर राहतका प्याकेज ल्याउ

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 957 पटक पढिएको
    • "तेजबहादुर बन/भगीरथ भण्डारी"
  • रंगेलीमा ३५ सय बिगाह धान नष्ट

    रंगली/ गत सोमबार देखि तीन दिन सम्म परेको अबिरल वर्षाका कारण रंगेलीमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । वर्षाका कारण रंगेली क्षेत्रमा ३५ सय बिघामा लगाइएको धानखेती नष्ट भएको कृषि शाखा रंगेलीका प्रमुख बिरेन्द्र मंडलले बताए । उनका अनुसार मोरङको सिमावर्ती क्षेत्रको रंगेली, धनपालथान, सुनवर्सी, रतुवामाई, कानेपोखरी लगायतका क्षेत्रका अधिकांश किसानहरुले असार महिनामा सयौं बिघा जमिनमा लगाएको धान बाली अबिरल बर्षाका कारण नष्ट भएको छ । खेतमा कतै पहेंलै भएर पाकेको त कतै हरियो हुँदै गरेको धान खेतमा पानी भरिए पछि खेतैमा कुहिने अवस्थामा पुगेको रंगेलीका कृषक पुर्षाेत्तम काफ्लेले बताए । दुख गरेर रोपिएको

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,017 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • एमाले धरान नगर अधिबेशन एकै ठाउँ नभए बहिस्कार गर्ने कार्यकर्ताको चेतावनी

    धरान । बिबाद चुलिदै गएको नेकपा एमाले धरान नगर समितिको अधिबेशन दुई पक्षले छुट्टाछुट्टै गर्ने प्रचारबाजी गर्न थालेपछी कार्यकर्ताहरु आक्रोशित बनेका छन । देश भरीनै एकै साथ मंगलबार हुने अधिबेशन सुनसरीको धरानमा चै दुई समुहको छुट्टाछुट्टै स्थानमा हुने भएपछी कार्यकर्ताहरु आक्रोशित बनेका हुन् । सुनसरीमा आफ्नो नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएका रमेश बस्नेत र रेवती रवण भण्डारी समुहले आइतबार छुट्टाछुट्टै सुचना जारी गर्दै अलग अलग स्थानमा अधिबेशनको आव्हान गरे पछि स्थानिय नेता तथा कार्यकर्ताले दुबैको अधिबेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार भण्डारी समुहबाट धरान नगर अध्यक्ष हर्क जङ एभेङले धरान

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीतिसम्मत व्यवहारमा जोड दिँदै दिवस सम्पन्न

    धरान÷ विभिन्न रचनात्मक कार्यक्रमहरूसहित नेपालमा पनि बायोइथिक्स दिवस मनाइएको छ । ‘सुसूचित सहमति’ शीर्षकमा विविध कार्यक्रमसहित सन् २०२१ को बायोइथिक्स दिवस मनाइएको हो । पर्याप्त जानकारीसहित सचेत भएर कुनै पनि निर्णय वा सहमति गर्दा कमजोरीको सम्भावना कम भई नीतिगत पूर्णता र सही परिणाम ल्याउन सकिन्छ भन्ने नारासहित यसपटकको दिवस मनाइएको बायोइथिक्स नेपाल एकाइका प्रमुख तथा नेपालका लागि कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बताए । एकाइद्वारा आयोजित विविध कार्यक्रममा नेपालका विभिन्न मेडिकल कलेजका प्रतिनिधिहरू सहभागी थिए । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरूको समापन धरानको बी.पी. क

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले धरान ९ मा सर्बसम्मत नयाँ समिती

    धरान । नेकपा एमाले धरान उपमहानगरपालिका वडा नम्बर ९ को वटा कमिटीमा सर्बसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिबेशनले पाँच पदाधिकारी सहित १९ सदस्यि कार्य समिती सर्वसम्मत रुपमा चुनिएको निर्बाचन समितीका संयोजक हरिप्रसाद त्रितालले जानकारी दिए । उनका अनुसार शिबकुमार राईको अध्यक्षतामा १९ सदस्यि नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित भएको हो । उनका अनुसार पदाधिकारीहरुमा किरण थापा उपाध्यक्ष,रामकुमार दाश सचिब,रविन श्रेष्ठ सहसचिब,क्षितीज योञ्जन सहसचिब चयन भएका छन् ।सदस्यहरुमा रामबहादुर श्रेष्ठ,पुरुषोत्तम गुभाजु,हेमराज शाक्य,अभिमन्यु श्रेष्ठ,विमला श्रेष्ठ,पुण्यप्रसाद लामिछाने रहेका छन् । त्यसैगरि

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 2,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परम्परागत दशै हराउँदै छ’

    धरान । पहाडी ग्रामीण क्षेत्रमा दशैको पूर्व सन्ध्यामा छुट्टै रौनकता छाउथ्यो । दशै भित्रिन लाग्दा घर आगन सरसफाई देखि लिएर रातोमाटोले लिपपोत गर्दा गाउँनै झिलीमिली भएको आभाष हुन्थ्यो भने दशैको रौनकता समेत छुट्टै हुन्थ्यो ।तर पछिल्लो समय ढुँगामाटाले बनेका घर विस्थापित भई पक्की भवन निर्माण हुन थालेपछि रातो माटोले लिपपोत गरेर घर रंग्याउने चलन नै हराउँदा गाउँ घरमा दशै आएको रौनक नै हराउन थालेको छ । लाली गुरास नगरपालिका वडा नं. २ की नैनमाया थापा दशै आउन लागेपछि घर लिपपोतमा व्यस्त हुन्थिन् । दशै भित्रिन थालेसँगै रातोमाटो र कमेरोले घर रंगाउन थाल्थिन । तर उनी २०६० सालमा बसाई सरेर धरान झरिन् । छोराले विदेश

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 834 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मेघाका विद्यार्थीद्वारा मन्दिर सरसफाई

    धरान । कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराउदै धरान स्थित मेघा–हिमालयन कलेजले शुक्रबार दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गर्नुका साथै बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई गरेका छन । दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रीन्सिपल भास्कर पौडेल लगायतले १÷१ थान डस्टविन हस्तान्तरण गरे । कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरको सरसफाई गरे । दर्सनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज भए

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारको स्थायी संरचना बनाउन जग्गा खोजी

    विराटनगर/ प्रदेश नं १ सरकारले प्रदेशको व्यवस्थापिका र कार्यपालिका स्थायी संरचना विराटनगर भन्दा बाहिर निर्माण गर्ने तयारी थालेको छ ।प्रादेशिक संरचना एकै ठाउँमा बनाउने र यस्तो संरचना विराटनगर भन्दा बाहिर हुने सरकारका मुख्यमन्त्री भीम आचार्यले स्पष्ट गरेका छन् । सरकारले निर्णय गरी जग्गाको खोजीको काम समेत शुरु भईसकेको आचार्यले जानकारी दिएका छन् । आचार्यले भने, “प्रदेशिक संरचना एकै ठाउँमा बनाउन सरकारले काम शुरु गरिसकेको छ । प्रारम्भिक रुपमा हामीले जग्गा खोजी गर्ने काम थासिकेका छौं ।” २०७६ वैशाख २३ गते प्रदेशको स्थायी राजधानी विराटनगरमा राख्ने र प्रादेशिक नयाँ संरचनाको सुनसरीको इटह

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 842 पटक पढिएको
    • "कुमार लुइँटेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved