रंगेलीमा छाडा छोडिएका चौपाया समस्याको जड: सातदिने सूचना प्रकाशित गरे पनि समाधान भएन

  • भदौ २८, २०७९
  • रबिन्द्र बराल
alt

 

धरान । मोरङको रंगेली नगरपालिकामा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । दुर्घटनाको जोमिख बढेपछि छाडा चौपाया नछोड्न नगरपालिकाले सार्वजनिक सूचना नै प्रकाशित गरे पनि समाधान हुन सकेको छैन ।

नगरपालिकाले छाडा चौपाया तथा सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना निकालेको दुई महिना वितिसकेको छ । ७ दिनभित्रमा आफ्ना चौपायाहरुलाई व्यवस्थित गर्न नगरपालिकाले सूचना प्रकाशित गरे पनि सूचनाको वेवास्त गरेको पाइएको छ । तर पनि नगरपालिका चुप लागेर बसेको छ, चौपाया छाड्नेलाई कारबाही गर्न सकेको छैन ।

नगरपालिकाले गत साउन ५ गते सडक तथा सार्वजनिक स्थलमा छाडा चौपाया नछाड्न सुचना प्रकाशित गरेको थियोे । विशेष गरी नगरपालिकाको धर्मशाला टोल, नेपाली टोल र मुख्य बजारमा बस्ने सर्वसाधारणहरुले छाडा चौपाया छाड्ने गरेको बताइएको छ ।

छाडिएका चौपाया हुलाकी सडक नै जाम गर्ने गरेका छन् । चौपायाकै कारण सवारीसाधन आवतजावतमा समस्या हुने गरेको चालकहरु बताउछन् । उनीहरुले चौपायाकै कारण सावधानीपूर्वक सवारी साधन चलाउनुपर्ने बाध्यता रहेको बताउदै आएका छन् । चौपायाले नगरपालिकाले नगरलाई हरियाली बनाउने उद्घेश्यले सिमाक्षेत्रदेखि मुख्य बजार हुदै बक्राह खोलासम्म सडकको दायाँबायाँ बृक्षारोपण गरेर तारको घेराबेरा लगाएको छ । चौपायालाई घेराबाराले समेत रोक्न सकेको छैन । रोपिएका विरुवाहरु खाइदिएर नष्ट गर्ने गरेको छ । छाडा छोडिएका चौपायाले किसानहरु समेत आजित भएका छन् । उनीहरुले लगाएको बालीनाली समेत नष्ट गरिदिने गरेको छ ।

रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवालले भने सूचना प्रकाशित गर्दा पनि अटेर गरेर चौपाया छाड्न नछोडेकोले चाँडै नै यसमा कडा कदम चाल्ने बताएका छन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved