भिन्न क्षमता भएकाहरुको घरमै सेवा: ‘बल्ल स्थानीय सरकारको महसुस भयो’

  • भदौ २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । राज्यले हरेक क्षेत्रमा फरक क्षमता भएकाहरुहरुको सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने नीति बनाए पनि बनाएको नीति व्यवहारमा लागू गर्न सकेको छैन । उनीहरुले अहिले पनि सेवा प्रदायक कार्यालयमा गएर सहज रुपमा सेवा लिन पाएका छ्रैनन् ।

तर धरान उपमहानगरपालिका वडा नं १४ ले वडासम्म आउन नसक्ने भिन्न क्षमता भएकाहरुलाई घर घरमा पुगेर राष्ट्रिय परिचयपत्रको फर्म भरिदिएको छ ।

धरान १४ की प्रभा तुम्बाफ्े केही समय अगाडि दुर्घटनामा परिन् । दुर्घटनापछि उनी हिड्डुल गर्न सक्दिनन् । बल्लतल्ल वैसाखीको सहाराले उनी घर बाहिर भित्र गर्न सक्छिन् । राज्यले राष्ट्रिय परिचयपत्र बनाउने नीति नै ल्याइसकेपछि राष्ट्रिय परिचयपत्र बनाउन उनी वडासम्म जान सकेकी थिइनन् । तर वडाले उनको घरमै पुगेर परिचयपत्रको फर्म भरिदिएका छन् ।

वडासम्म पुग्न नसकेको समयमा घरमै पुगेर राष्ट्रिय परिचयपत्रको फर्म भर्न पाएकोमा उनी दंग छिन् । उनले वडालाई धन्यवाद दिँदै वडामै आएर राष्ट्रिय परिचयपत्र भरिदिएकोमा आफूलाई स्थानीय सरकारको अनुभूति भएको बताइन् । उनी भन्छिन्–‘मैले वडामै गएर राष्ट्रिय परिचयपत्रको फर्म भर्न सकेकी थिइन, तर आज वडा कार्यालय घरमै आएर फारम भरिदियो, बल्ल मलाई स्थानीय सरकार छ भन्ने महसुस भयो ।’ उनले सेवामात्र हैन हरेक सरकारी कार्यालय भिन्न क्षमता भएकाहरुलाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने बताइन् । राज्यले सेवाप्रदायक क्षेत्रमा भिन्न क्षमता भएकालाई विशेष सहयोग गर्ने भने पनि त्यो बोलीमै सीमित भएको भन्दै राज्यमा भिन्न क्षमता भएका धेरै छन् उनीहरुहरुपनि यही देशका नागरिक हुन् भन्ने नेतृत्व तहमा बसेकालाई ज्ञान हुनुपर्ने बताइन् ।

उनीमात्र हैन वडाले धरान १४ मा रहेका अन्य १२ जना भिन्न क्षमता भएकालाई यसरी घरघरमै पुगेर राष्ट्रिय परिचयपत्रको फर्म भरिदिएको छ । सबैले वडाका जनप्रतिनिधि, कर्मचारीलाई धन्यवाद दिएका थिए ।

भिन्न क्षमता भएकाहरुको घर घरमा पुगेर राष्ट्रिय परिचयपत्र फारम भरेकोे धरानमै पहिलो भएको परिचयपत्र बनाउन खटिएका कम्प्युटर अप्रेटर अनिष खड्का बताउँछन् । उनले धरानको १४ नं वडाले सह्रानीय काम गरेको बताए । उनले भने–‘शायद यो धरानमै पहिलो हुनुपर्छ, ठाउँमै पुगेर परिचयपत्र बनाउन नपाएकाहरुलाई यो कार्यले ठूलो राहत मिलेको छ ।’

यता धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले अन्यको हकमा भन्दा भिन्न क्षमता भएकाको हकमा राज्यले सबै कुरामा हेर्नुपर्ने बताए । उनले अन्यले जहाँबाट जसरी पनि राष्ट्रिय परिचयपत्र लिन सक्ने बताउदै भिन्न क्षमता भएकाहरुलाई राज्यबाट दिने सुविधाबाट बञ्चित गर्न नहुने बताए । उनले भने–‘उनीहरुको समस्यालाई मध्यनजर गरी हामीले घरघरमै गएर राष्ट्रिय परिचयपत्रको फर्म भरिदिएका हौ । यसले उनीहरुलाई ठूलो सहयोग पुगेको छ ।’

राज्यले गर्नुपर्ने काममध्ये यो पनि एक भएकोले हामीले यसलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए । विगतमा पनि १४ नंं वडाले यसभन्दा अगाडि पनि भिन्न क्षमता भएकाहरुका लागि धेरै काम गरेको बताउदै भविष्यमा पनि यस्ता कामहरु गरिरहने बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved