सन्दर्भ बाल दिवस: विद्यार्थी घण्टौँ धाएर विद्यालय जान बाध्य

  • भदौ ३०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रत्येक भाद्र २९ लाई बालदिवस मनाउने गरिएको छ । यस बर्ष पनि नेपालमा बालदिवस भव्यताका साथ मनाइयो ।

यस बर्ष “बाल मैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बालदिवस मनाइएको छ ।

सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको लागि यो नारा समय सान्दर्भिक भए पनि ग्रामीण क्षेत्रमा बस्नेहरुका लागि यो नाराले सार्थकता नपाएको भान हुन्छ ।

सहरी क्षेत्रमा बालदिवस मनाइरहदा पहाडी ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा अझै पनि समस्या रहेको छ । उनीहरु घण्टौ हिडेर विद्यालय पुग्न बाध्य छन् । विहानभरि काम गरेर हतार हतार विद्यालय जानुपर्ने बाध्यता छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका २ चानुवामा रहेको सरस्वती विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तीनदेखि चार घण्टा पैदल हिडेर विद्यालयसम्म आउने गरेका छन् । सोही विद्यालयमा कक्षा चारमा अध्ययरत पर्शु चापागाई दुई घण्टा पैदल हिडेर चानुवा बुधबारेमा रहेको सरस्वती माविमा पढ्न आउने गरेका छन् । उनलाई विद्यालय आउजाउमै चार घण्टा लाग्ने गरेको छ ।

यस्तै सोही नगरपालिकाकोको वडा नं. ४ गिरेढुगामा रहेको जनता प्राविमा अध्ययन गर्न आउने विद्यार्थीहरु पनि करिब २ घण्टा भन्दा बढी समय हिडेर आउने गरेको सोही विद्यालयकी शिक्षिका प्रमिला दाहालले बताइन् । उनले भनिन्–‘यस विद्यालयमा ५२ जना विद्यार्थी अध्ययन छन् , धेरैजसो विद्यार्थी यही नजिकका छन्, आधा घण्टा हिडेर आउछन् केही विद्यार्थी भने तीन घण्टासम्म हिडेर पढ्न आउँछन् ।’

यी त प्रतिनिधि पात्र मात्र हुन ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरु घण्टो हिडेर विद्यालय जाने गरेका छन् ।

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले तयार पारेको खाका अनुसार बालबालिकाको घर र विद्यालयको दुरी आधा घण्टाको अवधिभित्र हुनुपर्ने उल्लेख गरेको छ । तर उनीहरु घण्टौ हिडेर विद्यालय आउन बाध्यता छ ।

शिशिक्षका दाहालले टाढाबाट आएका विद्यार्थीहरुमा समयमा विद्यालय आइनपुग्ने, थकाइका कारण पढाईमा ध्यान नजाने, कक्षा कोठामै निदाउने् लगायतका समस्या हुने गरेको बताइन् । यीमात्र हैन नगरपालिकाको दमार, मारेक कटहरे, जितपुर लगायतका क्षेत्रमा रहेका विद्यालयहरुमा समेत धेरै विद्यार्थीहरु घण्टौ धाएर विद्यालय आउन बाध्य छन् । घर नजिक विद्यालय नभएकै कारण उनीहरुले घण्टौ धाएर विद्यालय आउन बाध्य भएका हुन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved