बाँझगरा सामुदायिकको अल्टिमेटम सिद्धियो: वन समूह र नगरपालिकाबीच सहमति

  • भदौ २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । सामुदायिक वन क्षेत्रभित्र जथाभावि फोहोर फालेको विषयमा बाँझगरा सामुदायिक वन उपभोक्ता समितिले दिएको अल्टिमेटम सकिएसँगै नगरपालिका र समितिबीच सोमबार छलफल भएको थियो ।

फोहोर व्यवस्थापन गर्न बाँझगरा वन समुह र धरान उपमहानगरपालिकाबीच धरानः फोहोर व्यवस्थापनबारे बाँझगरा सामुदायिक वन उपभोक्ता समुह र धरान उपमहानगरपालिकाबीच १० बुँदे निर्णय भएको छ ।

समूका उपाध्यक्ष कुमार भारतीले सोमबारसम्म दिएको अल्टिमेट सकिए लगतै १० बुँदे नगरपालिकासँग भएको छलफलले १० बुँदे निर्णय गरेको बताए ।

लामो समयदेखि वन क्षेत्रमा फालिएको फोहोरका विषयमा धरान उपमहानगरपालिकालाई फोहोर नफाल्न र फोरलाई व्यवस्थित गर्न चेतावनी दिँदै आएको समूहले फोहोरका विषयमा सोमबारसम्म निर्णय गर्न नगरपालिकालाई अल्टिमेटम दिएको थियो ।

उनका अनुसार फोहोरलाई व्यवस्थापन गर्न दुवै पक्ष सहमति भएको छ । फलफलमा फोहोरलाई व्यवस्थित गर्न राजमार्ग र खोलामा भएको फोहोरलाई संकलन गरी व्यवस्थित गर्ने, फोहोरले जनस्वास्थ्यमा समेत असर पारेकोले समय समयमा औषधि छर्ने, वनक्षेत्रको सुरक्षाका लागि २ जना हेरालु कर्मचारीको व्यवस्था लगायतका निर्णय भएको उपाध्यक्ष भारतीले जानकारी दिए ।

उनले भने ‘यी भन्दा अरु धेरै निर्णय भएका छन्, हाम्रो मुख्य माग नै वन समूहभित्र फोहोर फाल्न पाइदैन, नगरपालिकाले यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने हो, नगरपालिका यसमा सकारात्मक भएको छ ।’

उनले अल्पकालीन भन्दा पनि दीर्घकालीन समस्या समाधान गर्न समूहको पहिलो माग रहेको बताउदै यससम्बन्धी पनि नगरपालिका सकारात्मक भएको बताए । उनले भने– दीर्घकालीन फोहोर व्यवस्थापन गर्न अध्ययन गर्ने र डम्पिङ साइटलाई ल्याण्डफिल्ट साइटमा रुपान्तरण गर्न अध्ययन गर्ने र डम्पिङ साइटलाई व्यवस्थित गर्ने कार्यमा वन उपभोक्ता समुहसँग अनिवार्य सहकार्य गर्ने निर्णय भएको छ ।’

नगरपालिकालाई फोहोर फाल्नेलाई कडाइ गर्ने र यसमा वन समूहले सहयोग गर्ने निर्णय भएको उनले बताए ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved