समाचार

    Showing 5,631-5,640 of 10,031 items.
  • दोब्बर भन्दा बढी मूल्यमा औषधि बिक्री: मारमा बिरामी

    सुनसरी/ वीरगञ्जको सप्लायर्सले भारतमा उत्पादित भएको टिक्रोट ४० एमजी (Tricort 40 mg) औषधी पसललाई सप्लायई गर्दा नै तोकेको मूल्यभन्दा बढी मूल्यमा विक्री वितरण गर्दा पनि सम्बन्धित पक्ष बेखबर झै बनेको छ । पर्साको वीरगञ्जमा लाइफ केयर सप्लायर्स प्रा.लि.ले यो औषधि सप्लाई गर्दा नै बढी मूल्यमा विक्री गर्ने गरेको पाइएको छ । औषधि पसलले खरिद गर्दा नै महंगोमा खरिद गर्नुपर्ने भएकोले यसको प्रत्यक्ष मार विरामीहरुलाई पर्ने गरेको छ । नाम नबताउने शर्तमा एक औषधि सप्लायर्सका अनुसार वीरगञ्जको लाइफ केयरले भारु १ सय १७ पर्ने यो औषधि भारु १ सय ८७ रुपैया विक्री गर्नुपर्ने भएपनिे सप्लायर्सले नेरु २ सय ३६ सम्म मेडिक

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा तीन पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद

    फुङ्लिङ/ ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले तीन जनाबाट छ लाख १३ हजार ३४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुकी बरामद गरेको हो। जिल्ला सदरमुकाम फुङ्लिङस्थित उक्त ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए। लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० कैलाश राईले जानकारी दिए। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 568 पटक पढिएको
    • "रासस"
  • मोरङमा महिला उम्मेदवारको संख्या न्यून

    मोरङ/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ । उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं। १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरुष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्ता ग

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 564 पटक पढिएको
    • "रासस"
  • सुनसरी १ मा स्वतन्त्र उमेद्वार धेरै

    धरान/ आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ता भएको छ । मनोनयनका क्रममा दलका उमेद्वारभन्दा स्वतन्त्र उमेद्वार बढी देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि २० जनाको परेको छ । जसमध्ये १३ जना स्वतन्त्र र बाकी ७ जना दलबाट उमेद्वारी परेको छ ।यस्तै प्रदेश १ (१) जम्ममा १५ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये ८ स्वतन्त्र र ७ दलका प्रतिनिधि रहेका छन् । यसैगरी प्रदेश १ (२) मा १४ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये दलबाट ६ र स्वतन्त्रबाट ८ जनाले उमेद्वारी दिएका छन् । दोस्रो स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वा

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 650 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व युवराज छोरीसँग धरानमा

    धरान/ पूर्व युवराज पारस विक्रम साह सोमबार धरान आएका थिए । धरान – ९ पुतलीलाईनमा रहेको क्लाउड नाईन लन्ज एण्ड बारमा पुर्व युवराज साह दुई छोरीको साथमा आएको स्रोतले जनाएको छ । कृतिका राज्य लक्ष्मी शाह र पूर्णिका राज्य लक्ष्मी शाहका साथ बा १४ च २१३१ नम्बर गाडीमा आएका उनी केही क्षण बसेर धनकुटाको भेडेटार पुगेका थिए । सोही क्लाउड नाईन लन्ज एण्ड बारमा सडक कुकुरहरुलाई आश्रय स्थल व्यवस्थापन सम्बन्धि हेर्ने आत्मोत्सर्ग नामक सस्थाकी संयोजक प्रतिमा घले तथा आकिनियामी ग्रुप धरानका संयोजक रुसन श्रेष्ठद्वारा उनीहरुलाई स्वागत गरेका थिए ।

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील

    मोरङ/ मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ । स्थानीय तहको निर्वाचनका अनुभवका आधारमा मोरङका ३०६ मतदानस्थल मध्ये ५० वटा अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । जिल्लाका १४४ मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । बाँकी सामान्य छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने उनले बताए । जसमा नेपाल प्रहरी र म्यादी प्रहरी पाँच हजार ५ सय परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी एक हजार १०० र नेपाली सेना ५०० परिचालन गरिनेछ । प्रत्येक मतदान स्थलमा आधा घण्टामा नेपाली सेनाले बाहिरी कभर बना

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 556 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस्ता छन् प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले स्वघोषणा गर्नुपर्ने बुँदा

    काठमाडौं / निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले स्वःघोषणा गर्नुपर्ने बुँदा सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनका हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको स्वघोषणा गर्नुपर्नेछ। त्यस्तै उम्मेदवारले

    • प्रकाशित मितिः असोज २२, २०७९
    • 550 पटक पढिएको
    • "रासस"
  • नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो

    सुनसरी/ मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो । तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पु

    • प्रकाशित मितिः असोज २१, २०७९
    • 448 पटक पढिएको
    • "रासस"
  • भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव

    भोजपुर/  भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि १, कुन पसलमा पाइन्छ रु’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन, विदेशमा समेत प्रख्यात छ। चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ। खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ। उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउँछन्। उनी भन्छन्, ‘भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन, भोजप

    • प्रकाशित मितिः असोज १७, २०७९
    • 637 पटक पढिएको
    • "रासस"
  • परम्परागत दशै हरायो : ‘छैन पिङ, हुँदैन लिपपोत’

    धरान/ नेपालीहरुको घरघरमा दशै भित्रियो । हिन्दु धर्मालम्बीहरुले मनाउँदै आएको दशै पछिल्लो समय साझा पर्वको रुपमा मनाउन थालिएको छ । साझा परम्परा बन्नु सकारात्मक कुरा हो, तर परम्परागत दशै भने हराउदै गएको छ । सहरमा मात्र हैन पछिल्लो समय परम्परागत दशै ग्रामीण क्षेत्रमा समेत हराउदै जान थालेको छ । विगतमा ढुंगामाटोले छाएको घर अहिले पक्की बनेका छन्, पक्की बनेसँगै दशैका समयमा रातो माटोबाट लिपपोत गरी सजाइएका घरहरु खोज्दा पनि भेटिदैनन्, यो संगै दशैको रौनक लिंगे पिङले ल्याउने गर्दथ्यो, अहिले गाउँघरका युवाहरु वैदेशिक रोजगारमा भएका कारण गाउँका बुढापाकाहरुले पिंग नै लाउन नसक्दा यस्ता पिङहरु हराउन थालेका छ

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved