सुनसरी १ मा स्वतन्त्र उमेद्वार धेरै

  • असोज २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ता भएको छ । मनोनयनका क्रममा दलका उमेद्वारभन्दा स्वतन्त्र उमेद्वार बढी देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि २० जनाको परेको छ । जसमध्ये १३ जना स्वतन्त्र र बाकी ७ जना दलबाट उमेद्वारी परेको छ ।
यस्तै प्रदेश १ (१) जम्ममा १५ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये ८ स्वतन्त्र र ७ दलका प्रतिनिधि रहेका छन् । यसैगरी प्रदेश १ (२) मा १४ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये दलबाट ६ र स्वतन्त्रबाट ८ जनाले उमेद्वारी दिएका छन् ।

दोस्रो स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वारको दबदबा बढेको हो । स्वतन्त्र उमेद्वारहरुले भने पार्टी लामो समसम्म सत्तामा बस्दा देशको विकास नभएको, भूमिहीन, सुकुम्बासी, गरिब तथा सहायको एजेन्डामा गम्भीर नभएकोले जनताको मनोभानालाई बुझेर यस्ता एजेन्डा बोकेर निर्वाचनमा होमिएको बताएका छन् । स्वतन्त्र उमेद्वार कुमार कार्कीले भूमिहीन भूमिहीन सुकुम्बासीको समस्यामा यहाँबाट जितेका कसैले काम गर्न नसकेको बताए । उनले जितेको खण्डमा भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भने–‘पटक पटक राजनीतिक दलहरु सुकुम्बासीकै भोटबाट जितेर गए, सुकुम्बासीलाई आश्वासन भन्दा केही देखाएनन्, भूमिहीन सुकुम्बासीको समस्या समाधानमा कहिल्यै गम्भीर बनेनन् ।’ उनले धरानको समग्र विकासमा अब स्वतन्त्र अगाडि आउनुपर्नेमा जोड दिए । उनले भने–‘राजनीतिक दलसँग अहिले जनताको वितृष्णा बढेको छ, यसले गर्दा पनि स्वतन्त्र उमेद्वारहरु बढेका हुनसक्छन् ।’

उनीसँगै प्रतिनिधिसभामा स्वतन्त्र उमेद्वार बन्ने तर्कबहादुर मगर, संजयकुमार राई, विजयकुमार राई, मनोजकुमार मेन्याङ्बो, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुमार कार्की, कुलबहादुर लिम्बु, बासुप्रसाद खड्का, कृष्णकुमार राई र करुणा राई रहेका छन् । यस्तै प्रदेशसभा ‘क’ बाट स्वतन्त्र उमेद्वार समिर तामाङ, पदमबहादुर कार्की, गोमा राई, खगेन्द्र श्रेष्ठ, सुमित्रा राई, टंकबहादुर विश्वकर्मा, माया विश्वकर्मा र पासाङ डोल्मा गुरुङले पनि मनोनयन दर्ता गराएका छन् भने सभा ‘ख’ बाट हेमचन्द्र राई, राजन बस्नेत, विन्द्रमान राई, कमलबहादुर कटवाल, शरण राई, मित्राकुमारी अधिकारी, रोहित सुब्बा र रिकेश विश्वकर्माले मनोनयन गराएका छन् ।

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved