मोरङमा महिला उम्मेदवारको संख्या न्यून

  • असोज २५, २०७९
  • "रासस"
alt

मोरङ/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ ।

उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं। १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरुष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा उम्मेदवारी दर्ता गराउने पाँच महिलामा राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र स्वतन्त्रबाट निलु लिम्बू, फूलकुमारी पण्डित राई, मनिसा सुवेदी र सुजता थापा छन् । जिल्लाका अन्य क्षेत्र भन्दा क्षेत्र नं। १ बाट सबैभन्दा बढी सङ्ख्यामा महिलाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नं। २ बाट राजनीतिक दल र स्वतन्त्रबाट ११ पुरुष र दुई महिला गरी कूल १३ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । महिलामा चार दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र नेश्नलिष्ट पिपल्स पार्टीकी मिना कटुवाल बुढाथोकीले मात्र उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नं। ३ बाट राजनीतिक दल र स्वतन्त्रबाट सबैभन्दा धेरै ३१ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउने ३१ जनामध्ये चार जना महिलाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गराउने महिलामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट चन्द्रिकादेवी लिम्बू र स्वतन्त्रबाट इन्दिरा थापा र चन्द्रकला खत्री छन् । निर्वाचन क्षेत्र नं। ४ बाट भने प्रतिनिधी सभाका लागि एकजना पनि महिला उम्मेदवार नरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी पत्र दर्ता गराउने कूल १७ सबै पुरूष छन् । निर्वाचन क्षेत्र नं। ५ बाट भने एक महिलाले मात्र प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । यस क्षेत्रबाट राजनीतिक पार्टी र स्वतन्त्र गरी कूल १६ उम्मेदवार रहेकोमा महिलामा सञ्जु शर्मा बडईले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी छन् । निर्वाचन क्षेत्र नं। ६ मा राजनीतिक पार्टी र स्वतन्त्रबाट कूल १६ जनाले उम्मेदवारी दिएका छन् ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved