मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा तीन पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद

  • असोज २५, २०७९
  • "रासस"
alt

फुङ्लिङ/ ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले तीन जनाबाट छ लाख १३ हजार ३४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुकी बरामद गरेको हो।

जिल्ला सदरमुकाम फुङ्लिङस्थित उक्त ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए।

लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० कैलाश राईले जानकारी दिए।

पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन्।

फरार रहेका एक जनाको खोजी जारी रहेको डिएसपी राईले जानकारी दिए।

उनीहरूबाट बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान ९डोरी, कैचीलगायत सामग्री० पनि प्रहरीले सार्वजनिक गरेको छ।

मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा रु ११ लाख ६३ हजार २५० लुटपाट भएको उल्लेख गरिएको छ।

यसैगरी हाल सुनको बजारभाउअनुसार रु तीन करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन्।

पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भएरनभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए।

‘सुन कारोबार ९जाकट० इजाजत छ वा छैन, कागजात मागेका छौं, अनुसन्धान हुन्छ,’ उनले भने।

आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए।

लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ। उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौंस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

आरोपितविरूद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved