दोब्बर भन्दा बढी मूल्यमा औषधि बिक्री: मारमा बिरामी

  • आश्विन २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ वीरगञ्जको सप्लायर्सले भारतमा उत्पादित भएको टिक्रोट ४० एमजी (Tricort 40 mg) औषधी पसललाई सप्लायई गर्दा नै तोकेको मूल्यभन्दा बढी मूल्यमा विक्री वितरण गर्दा पनि सम्बन्धित पक्ष बेखबर झै बनेको छ ।

पर्साको वीरगञ्जमा लाइफ केयर सप्लायर्स प्रा.लि.ले यो औषधि सप्लाई गर्दा नै बढी मूल्यमा विक्री गर्ने गरेको पाइएको छ । औषधि पसलले खरिद गर्दा नै महंगोमा खरिद गर्नुपर्ने भएकोले यसको प्रत्यक्ष मार विरामीहरुलाई पर्ने गरेको छ ।

नाम नबताउने शर्तमा एक औषधि सप्लायर्सका अनुसार वीरगञ्जको लाइफ केयरले भारु १ सय १७ पर्ने यो औषधि भारु १ सय ८७ रुपैया विक्री गर्नुपर्ने भएपनिे सप्लायर्सले नेरु २ सय ३६ सम्म मेडिकल पसलहरुसँग लिने गरेको पाइएको छ ।

ती सप्लायर्सले भने–‘ट्रिकोट ४० एमजी औषधि अधिकांश धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताबाहिर सञ्चालन भएका औषधि पसलहरुमा पाइन्छ, तर औषधि पसलहरुले सप्लायर्सबाट नै महंगोमा लिएका कारण उनीहरुले विरामीहरलाई विक्री गर्दा महंगो पर्ने गर्छ, यो नियामक निकाय मौन भएर हो, यसमा कस्ले कार्वाही गर्ने ? यस विषयमा वीरगञ्जको लाइफ केयर सप्लायर्ससँग ९८१५२९४९०५ मा फोन सम्पर्क गरेर बुझ्दा सप्लार्यसका अफिसर उपेन्द्र गौरीले हामीले यो मूल्यको कुरामा कन्फ्युज भएर यस्तो भएको बताए । उनले भने–‘भुलबस भएको हो, यसलाई हामी सच्याउदै छौैं, राष्ट्रिय पत्रिमामा सूचना निकाल्दै छौं ।

भुलबस यस्तो भएर आएको हो ।’ यो औषधि छालासम्बन्धी समस्या हुँदा, दम, वाथ रोग,जोर्नी दुखाईमा इन्जेक्सन हो । यो औषधि प्रतिष्ठानका हाताबाहिर सञ्चालित धेरै मेडिकल पसलहरुमा पाइने ती सप्लायर्सले जानकारी दिए । यस विषयमा नियमक निकाय औषधि व्यवस्था विभाग समेत बेखबर झै रहेको छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved