धरान/ पूर्व युवराज पारस विक्रम साह सोमबार धरान आएका थिए । धरान – ९ पुतलीलाईनमा रहेको क्लाउड नाईन लन्ज एण्ड बारमा पुर्व युवराज साह दुई छोरीको साथमा आएको स्रोतले जनाएको छ ।
कृतिका राज्य लक्ष्मी शाह र पूर्णिका राज्य लक्ष्मी शाहका साथ बा १४ च २१३१ नम्बर गाडीमा आएका उनी केही क्षण बसेर धनकुटाको भेडेटार पुगेका थिए ।
सोही क्लाउड नाईन लन्ज एण्ड बारमा सडक कुकुरहरुलाई आश्रय स्थल व्यवस्थापन सम्बन्धि हेर्ने आत्मोत्सर्ग नामक सस्थाकी संयोजक प्रतिमा घले तथा आकिनियामी ग्रुप धरानका संयोजक रुसन श्रेष्ठद्वारा उनीहरुलाई स्वागत गरेका थिए ।