धरान/ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउदो चुनावमा एमाले पहिलो पाटी वन्ने र सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । सहिदभूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३ औ सहिद स्मृति सभालाई सम्वोधन गर्देै अध्यक्ष ओलीले १३ महिनापछि चुनाव आउँदैछ । त्यसपछि एमाले पहिलो पार्टी वन्ने र सरकारको नेतृत्व गर्ने आफूले दावी गरे । उनले प्रचण्ड–नेपाल भन्दा बरू सूर्यवहादुर थापाका छोरा सुनिल वहादुर थापा इमान्दार रहेको बताए । उनले भने–‘बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे, प्रचण्ड–नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री वन्न द
इटहरी / प्रदेश एकमा पटक पटक सरकार परिवर्तन भइरहदा अरर्बौै रुपैयाको लगानी गरेर ब्यवसाय गर्दै आएका ठूला व्यवसायीहरू भने मारमा परेका छन । स्थानीय, प्रदेश र केन्द्रीय सरकारको नीति अनुसार सञ्चालन हुँदै आएका ठुला लगानीका व्यवसायहरू सरकार परिवर्तनसँगै लगानी पनि जोखिममा परेका हुन् । प्रदेश सरकार कुर्सीकै मोहमा लडन थालेपछि ब्यवसायीहरूको समस्या बुझ्न नसकेको ठूला व्यवसायीहरूको आरोप छ । सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रमा यो वर्ष आएको बेमौसमी बाढीले करोडौको क्षति बेहोर्नुपरेको थियो । त्यस बेला प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री भिम आचार्यले क्षतिपुर्तिको आश्वासन दिएपनि उनको राजिनामा पछि गठित न
धरान । देबेन्द्र लिम्बुु कुनैबेला बक्सिङका राष्ट्रिय खेलाडी थिए । बक्सिङ खेललाई विकास र प्रबर्धन गर्न उनी बक्सिङ सघंको केन्द्रिय सदस्य समेत भएर लागि परे । राजनैतिक विचारका हिसाबले नेपाली काङग्रेससँग जोडिएर उनी देश र जनताको समग्र हितका लागि युवाहरुको नेतृत्व आवश्यक ठानेर उनले नेपाल तरुण दलको नगरको अध्यक्ष भएर काम गरे भने अहिले नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि भएर अहिलेपनि काम गरिरहेका छन् । देशको समग्र विकासका लागि राजनीती मात्र हैन अहिलेको पुस्ताले चाहेको आवश्यकक्ता पूरा गर्ने र त्यो आवश्यक्ता बुुझ्ने नेतृत्व आवश्यक पर्ने ठानेर उनले नेपाली कांग्रेसको १४औ महाधिबेशन अन्र्तगत सुुनसरी क्षेत्र
बिराटनगर/ मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेसंगै सरकार विस्तारको काम थालिने बताइएको छ । तर, कुन मन्त्रालय कुन दलको भागमा पर्ने भन्ने तय हुन भने बाँकी नै छ । मन्त्रालय फुटाएर गठबन्धन दलको भाग पु¥याइने कांग्रेस सांसद शिव नारायण सिंह गन्गाईले बताए । यस विषयमा मुख्यमन्त्री राजेन्द्र राईले गृहकार्य समेत थालेका छन् । विश्वासको मतपछि सामाजिक विकास, उद्योग पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार मन्त्रालय टुक्राएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशका प्रमुख दलमध्ये कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र) ले तीन र नेकपा (एस) ले दुई मन्त्रालय दाबी गरिरहेका छन् । जसपाले र संघीय
विराटनगर । मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदैछन् । उनलाई विश्वासको मत दिनेमा गठबन्धनको निर्णय भएको छ । प्रदेश राजधानी विराटनगर स्थित बिग होटलमा गठबन्धनका पाँच दलका सांसद भेला भई गरेको छलफलले गठबन्धन पार्टीका सबै सांसदले विश्वासको मत दिने निर्णय गरेको हो । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जनता समाजवादी पार्टी (जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका सांसद बिच छलफल भएको थियो । मुख्यमन्त्री राईले विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा आइतबार सूचना दर्ता गराएका थिए । सो सम्बन्धी प्रस्तावमा मंगलबारको बैठकमा मत विभाजन हुने तयारी भएको छ । छलफलमा
धरान । नगर अधिवेसन देखि नै विवादित बनेको नेकपा एमाले सुनसरीको महाधिवेशन प्रतिनिधी छनौटको विवाद समाधान हुन नसके पछि छलफलका लागि पुनः मतदानको समय थप भएको छ । नेकपा एमालेको १० औं महाधिवेशनको लागी प्रतिनिधि चयन गर्न सुनसरीले मनोनयन दाबी फिर्ताको समय कार्तिक २९ गते साँझ सम्म तोकेको थियो । तर जिल्ला भरीनै प्रतिनिधी छनौट सहमतीमा हुन नसके पछि मंगलबार हुने पुर्वघोषित मतदानको तालिका परिवर्तन भएको हो । सोमबार एमाले जिल्ला पार्टी कार्यालय बैठकले प्रतिनिधि चयनको मतदान तालिका परिवर्तन गरेको हो । सर्वसम्मत प्रतिनिधि छनौट गर्नको लागि पहल गर्न मतदानको कार्यतालिका परिवर्तन गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमि
धरान । दुइ गुटमा विभाजित भएको नेकपा एमाले सुनसरीको रमेश बस्नेत समुहले पनि १० औं राष्ट्रिय महाधिवेसनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी उम्मेदवार चयन गरेको छ । आइतबार रेवती रमण भण्डारी समुहले ९ जनाको नाम सार्वजनिक गरे लगत्तै यता बस्नेत समुहले पनि नामावली सार्वजनिक गरेको हो । दुवै तर्फ बिच छलफल चलिरहे पनि बस्नेत समुहले खुल्ला तर्फ धरानका पुर्व मेयर मनोज कुमार मेन्याङ्बो, रमेश कुमार बस्नेत, सांसद जय कुमार राई सुर्य प्रकाश पन्धान, श्याम नारायण राजधामी र डम्बर सिंग्देल रहेका छन् भने महिला तर्फ प्रदेश सांसद सावित्री जोशि, रुफिना गुरुङ ९राई० र शुसिला पहाडी रहेका छन् । अहिले पनि दुवै तर्फको
झापा/ झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कट्वाल रहेकी छन् । सोमबार(आज) बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको हो । स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ बर्षीय पुर्ण खतिवडालाई अस्थाई प्रहरी पोष्ट माईधारले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
मोरङ । बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका ७ का २२ बर्षीय मनिष श्रेष्ठ रहेका छन् । सोमबार (आज) बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २ सय ८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।
ओखलढुङ्गा / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउएका छन् । उनले भने, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारीरूपले काम गर्न सकिने बताए । “स्थानीयरुपमा हामीले नगरपालिकाका नगर प्रहरीलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सक्छौँ”, उनल