चुनावी अभियानमा कलाकारः एमालेमय बन्दै मोरङ चार

  • कार्तिक २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ ।
मोरङ–४मा नेकपा एमालेको चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ । चर्चित गायक तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समिक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चौक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ ।

चोकमा पुगेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारहरुले एमालेलाई विजयी बनाउन र सूर्यमा भोट हाल्न आग्रह गरिरहेका छन् ।
टोलीले अहिलेसम्म मोरङ क्षेत्र नं. ४ का प्रदेशसभाका दुवै क्षेत्रका चौक र टोलहरुमा गरी दर्जनौ ठाउँमा कार्यक्रम गरिसकेको गायक साजन राईले बताए । देश बनाउनका लागि एमालेसंग स्पष्ट भिजन भएकाले आम निर्वाचनमा एमालेलाई विजयी बनाउन कलाकारहरु स्वतस्पूmर्त अभियानमा जुटेको राईको भनाइ छ ।

IMG_7764

टोलीले जहाँ कार्यक्रम गर्छ एमालेको तर्फबाट मोरङ क्षेत्र नं. ४ का लागि प्रतिधिसभाका उम्मेदवार विनोद ढकाल र प्रदेशसभाका उम्मेदवार जयप्रकाश चौधरी र जीवन घिमिरे त्यहि पुगेर मत मागिरहेका छन् ।

 

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

धरानमा सम्पन्न एसईई ...

धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved