मोरङ ४ (ख) प्रदेशसभाका उम्मेदवार घिमिरेको चुनावी अभियान तीव्र

  • कार्तिक २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । मोरङ ४ (ख) प्रदेशसभा सदस्यका एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान तीव्र बनाएका छन् ।

विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन् ।

एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेश सरकार सामाजिक विकासमन्त्री भएका बेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावित भएका बताउने गरेका छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा‘ तपाईँबाट ठूलो आशा गरेका छौं’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाईँबाट थाहा भयो विराटनगर ८ का मनोज महतोले बताए ।

3

विराटनगर–३ मा घिमिरे मतदाताको घर–घरमा पुग्दा छुट्टै उत्साह दिएका थिए । घिमिरेप्रति ज्येष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा ज्येष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोगलगायतका कारण जेष्ठ नागरिकहरु खुशी भएका छन् । घिमिरेले चुनाव जितेमात्रै ज्येष्ठ नागरिकको पक्षमा काम हुने उनीहरुको भनाइ छ ।

एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनीय काम गरेका छन् । सडक निर्माण, कालेपत्रे, स्तरोन्नती, सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकासलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।

५ वर्षको अवधिमा एमाले प्रदेशसभाका उम्मेदवार घिमिरेले गरेका कामनै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ ।

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved