दबाबमा धरानको चुुनावी माहोल : ‘कांग्रेसमा अलमल, एमालेमा अल्छिपन’

  • कार्तिक २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनले धरानको माहोललाई निकै दबाब पुुर्ण बनाएको छ ।
सत्ता गठबन्धन,एमाले जसपा गठबन्धन र स्वतन्त्र उमेद्धारको चुुनावी गतिविधिहरु निहाल्दा धरानको चुनावी माहोल निकै ‘दबाब’ मा रहेको देखिन्छ ।सत्ता गठबन्धन (कांग्रेस,माओबादी र एकीकृत समाजबादी) एमाले जसपा गठबन्धन र स्वतन्त्रहरुका चुुनावी गतिविधि निकै रोचक तथा अन्योलपुुर्ण देखिन्छ । सत्ता गठबन्धनका उमेद्वार माओबादी केन्द्रका नेता मुुक्सामहाङ मेन्याङबो आफुु यस पटक चुुनाब हार्ने कुुनै क्लुु नै नदेखेको बताउँछन् ।

एमालेको आन्तरिक समस्या र बागी उमेद्धारका कारण आफुुलाई चुुनाब जित्न कुनै समस्या नहुुने बुुझाइमा उनी छन् । तर सत्ता गठबन्धन भित्रको ‘तितो गुुदी ’ भने अर्कै छ । सत्ता गठबन्धनबाट स्थानिय तह निर्वाचनमा उठेका कांग्रेस नेता किशोर राई हार्नुु र माओबादीका उपमेयरका उमेद्धार अइन्द्र विक्रम बेघाले जित्नुुमा कांग्रेसको ‘इान्दारीता’ र माओबादीको ‘धोका’ हो भन्ने कुरा अहिले चर्चा भईरहने विषय हुन । स्थानीय तहको त्यो चर्चा ले यो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताले ‘ मुुड चेन्ज’ नर्गलान भन्न सकिन्न । कांग्रेसका एक नेता भन्छन् ‘ हामीले गठबन्धनमा मतदान गर्न आग्रह गर्ने हो,मत कस्ले कहाँ हाल्छ भनेर हेर्न सकिदैन’ । यसरी हेर्दा कांग्रेस भित्र चुुनाबको जोस भन्दा अल्छीपल देखिन्छ । कांग्रेस कार्यकर्ता संघिय संसदको भन्दा प्रदेशसभाका आफ्ना एक्ला उमेद्धार उमेश थापाको पक्षमा निकै जागर चलाएर लागेको देख्न सकिन्छ ।

सत्ता गठबन्धनभित्र उमेद्धारको विषयपनि निकै चर्चामा छ ।२०७० को संविधानसभा निर्वाचनमा हार बेहोरेका मेन्याङबो धरानमा ‘पपुुरल ’नेताको रुपमा चिनिदैनन् ।
कमजोर जनसम्पर्क र सरकारी जग्गा कब्जा गरेको जस्ता विषयका कारण उनीमाथी धेरै प्रश्न उठ्ने गरेका छन् । यस्ता विबिध कारणले सत्ता गठबन्धनका लागि सहजत जित चुुनौतीपुुर्ण देखिन्छ । कांग्रेका कतिपय कार्यकर्ता स्वतन्त्र उमेद्धार मनोज मेन्याङबोलाई मत मागिरहेको दृश्य सामाजिक सञ्जाल र चिया पसलहरुमा देख्न सकन्छ ।
एमाले जसपा गठबन्धनमा भने ‘ट्युुनिङ’ नै नमिलेको सिनारियो सामाजिक सञ्जाल र बजारमा देख्न सकिन्छ । सत्ता गठबन्धन विरुद्ध सिंगल चुुनाब लड्ने मुुड बनाएको एमाले सत्ता गठबन्धनबाट अलगिएर आएको जसपा सँगको गठबन्धनपछि निकै झस्कियो । यसको तरंग यति सम्म आयो की एमालेका पुर्व जनप्रतिनिधी तथा प्रभाबसाली नेताहरु मनोज कुुमार मेन्याङबोलाई उमेद्धार बनाएर चुुनाबी मैदानमा छन् । जसपाका संघिय परिषद् अध्यक्ष अशोक राई एमाले जसपाको गठबन्धबाट उमेद्धार बनेका छन् । यो पटक जसरी पनि उनले यो चुुनाब जित्नुुपर्ने दबाब छ ।अशोक राई धरानको विकाशका लागि भएपनि आफुुले जित्नुुपर्ने र आफ्नो जित सुुनिश्ति भएको दावी गर्दै आएका छन् ।

जसपा आफ्नो बलबाट भन्दापनि एमालेको प्रतिबद्ध सपोटबाट चुुनाव जित्ने दाउमा छ । तर एमाले भित्रको सिनारियोले भने ‘अशोकलाई धोका हुन सक्ने’ संकेतहरु देखिन्छन् ।निर्वाचन प्रचार र अन्य गतिविधमा एमालेको पहिले जुुन स्पिड हुन्थ्यो,त्यो स्पिड अहिले देखिएको छैन ।यसमा नेताहरुको बाध्यत्मक लगनशिलता र कार्यकर्ताप्रति एमालेको ‘इजी टेक’ हुन सक्छ । यस्ता कारणले अशोक राईले यो पटक जित सुुनिश्चित गर्न ‘ महासागरमा पौडनु पर्ने’ जतिकै चुुनौती देखिन्छ । यो चुुनाबमा एमाले का मतदाताको मुुड कस्तो तर्फ चेन्ज हुन्छ यसै भन्न सकिने अबस्था छैन । एमालेका कार्यकर्तामा प्रदेशसभा तर्फभने आफ्नै उमेद्धार भएका कारण निकै सक्रियता देखिन्छ । जुन माहोल प्रदेश सभाका उमेद्धारको छ त्यो माहोल संघिय संसदका उमेद्धार अशोक राई तर्फ एमालेले बनाउन सकेको छैन ।
अर्को तर्फ बजारमा मनोजकुुमार मेन्याङबोको क्रेज निकै बढेको देखिन्छ । उनको पक्षमा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकता देखिएका छन् । मनोज मेन्याङबो धरानका ‘प्रभाबशालि ब्यक्ति’को रुपमा स्थापित छन् । धरानको बजार क्षेत्रबाट राम्रौ सपोर्ट पाएको महसुुस मेन्याङबो ले गर्न थालेका छन् । तर चुुनाब जित्न चाहिने मत उनको प्रभाब क्षेत्र भन्दा बाहिर पनि छ । बजार क्षेत्र भन्दा बाहिर भएको मत आफ्नो तर्फ ‘रुट’ गर्न मेन्याङबो लागि परेका छन् ।मेन्याङबोले आफ्ना चुुनावी सभा र मिडियामा ‘मैले यो चुनाबमा मेरो प्रतिस्प्रर्धि नै देखेको छैन’ भन्दै आएका छन् । अर्को स्वतन्त्र उमेद्धार कुुमार कार्कि दुुई गठबन्धन र मनोज मेन्याङबोको प्रभाबका कारण आफुुले जित हासिल गर्नेमा ‘ढुुक्क’ देखिन्छन् ।सोझो हिसाबमा हेर्ने हो भने उनले सुुकुम्बासीको प्रतिनिधित्व गर्दै चुुनाब लडिरहेका छन् ।

सुुकुुम्बासीमा एमाले ,कांग्रेस र माओबादी कै भोट रहेका कारण तिनै पार्टिको ‘भद्रगोल अबस्था’का कारण कुुमार कार्कीलाई सुुकुम्बासीको एकोहोरो भोट झर्ने हो भने उनले जित हासिल गर्न सक्छन् । झण्डै १८ देखि २० हजार मत ल्याउदा यो निर्वाचनको हारजित हुन सक्छ । धरानमा झण्डै २२ हजार मत सुुकुम्बासीको छ । तर सुुकुम्बासीमा कुुमार कार्किको उमेद्धारीले कती प्रभाब पारेको छ भन्ने यसै भन्न सकिने अबस्था छैन । स्थानीय तह निर्वाचनमा राजनैतिक दल तथा दलको गठबन्धनलाई चुुनौती दिदै मेयर पद जितेका हर्क साम्पाङले पनि संघिय संसद र प्रदेशसभा सदस्यमा स्वतन्त्र उमेद्धार उठाएका छन् ।

उनको पक्षबाट संघिय संसदमा तर्कबहादुुर मगर,प्रदेश सभा सदस्यमा क तर्फ समिर तामाङ र ख तर्फ हेमचन्द्र राई स्वतन्त्र उमेद्धार छन् ।भलै मेयर साम्पाङले फेसबुुक मार्फत आफ्नो कुनै उमेद्धार नभएको उल्लेख गरेका छन् । तर मेयर हर्क साम्पाङको धरान १८ स्थित घर अगाडी हरेक विहान मेयर हर्क साम्पाङको टिमबाट स्वतन्त्र उमेद्धार भनेर प्रचार सुुरु हुने गरेको छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved