भगवती चौधरी घरदैलोमा, जनताले भने–‘विजयी भवः’

  • कार्तिक २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले चुनाबी घरदैलो अभियानमालाई बनाएकी छन् । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यासी नेतृ चौधरीले इटहरी १० र वडा नं. ११ बाट जनताको अपेक्षा, गुनासाहरु सुन्दै आफ्ना चुनाबी एजेण्डाहरु बाँड्न बाँड्न थालेकी हुन् ।

नेकपा एमालेबाट प्रदेश सभातर्फ सुनसरी ३ (क) का उम्मेदवार रोहित बहादुर कार्की सहित पार्टीका नेताहरुको साथमा घरदैलो शुरु गरेकी चौधरीले जनताका मुख्य समस्याहरुलाई प्राथमिकतामा राखेर टिप्ने समेत गरेकी छन् ।

सो क्रममा स्थानीय मतदाता तथा जनताहरुले विगतमा पटकपटक जितेर गएकाले विकास नगरेको, जनताका अपेक्षा, विगतका निर्वाचनमा गरेका प्रतिबद्धताहरु पूरा नगरेको तथा भ्रष्टाचारमा समेत लिप्त भएकाले यो पटक नेतृत्व परिवर्तनको पक्षमा उत्रिएको बताए । जनमतबाट निर्वाचित भएकाहरुमा दुरदर्शिता नहुँदा आफु र आफ्ना सन्ततीले दुखः पाएको स्मरण गर्दै उनीहरुले आर्थिक संबृद्धिका योजना र भिजन भएका उम्मेदवारलाई जिताएर पठाउने बताए ।

भगबती चौधरीले सत्तामा नरहेर पनि आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्ने गरी काम गरेको , जनताहरु दुखःमा पर्दा साथ दिएको र सुनसरी ३ लाई विकासकै राजधानी बनाउने गरी काम गरेकाले यो पटक कुनै पनि हालतमा जित्नुपर्ने बताए । विगतका दुई वटा निर्वाचनमा जनताले जनमत दिएपनि सत्ताको दुरुपयोग गर्दै चौधरीलाई पराजित गराईको बताउँदै मतदाताले योपटक पनि त्यहि नियती त दोहोरिँदैन भन्दै प्रश्न पनि गरे ।

‘दुई दुई पटक तपाईलाई जिताएकै हो । अझैपनि भोट हाल्छौं, विजयी भवः भन्छौं तर, त्यसलाई कसरी संरक्षण गर्नेमा तपाईको ध्यान जानुपर्छ ।’ स्थानीय जनताले जनमतको सुरक्षाको कुरा उठाउँदा चौधरीले यो पटक कुनै प्रकारको धाँधली र सड्यन्त्र नहुने विश्वास दिलाइन् । ‘योपटक कुनैपनि शक्तिले धाँधली गरेर, बाकस साटेर या अन्य सड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ । भगबती चौधरी र सिंगो नेकपा एमाले र जनता जनताको अभिमत सुरक्षार्थ खटिन्छ ।’ साथै जनतालाई कुनैपनि लोभ, लालच, डर, धम्कीमा नपरी निष्पक्ष रुपमा ढुक्क भएर परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरिन् ।
चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकास गरेर युवाहरुलाई गाउँघरमै स्वरोजगार बनाउन सके मात्र आर्थिक उन्नती हुने बताउँदै त्यसका लागि आफुले ३० वर्षमा हुन नसकेको काम ५ वर्षमै गर्ने गरी रोडम्याप बनाएको बताइन् । यो पटक जनताले निर्वाचित गरेको खण्डमा आफ्नो क्षेत्रमा विकासको लहर ल्याउने साथै संघ सरकारमा रहेर महिला, बालबालिका, जेष्ठ नागरिक, युवा, कृषक, उद्योग, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने र नीति निर्माण गर्ने पनि जिकीर गरिन् ।

घरदैलो कार्यक्रममा जाँदा नेतृ चौधरीलाई महिला, जेष्ठ नागरिक तथा युवा पंङ्तीले योपल्ट जिताएरै संसदमा पठाउने बताएका थिए । साथै, उनीहरुले प्रदेशका उम्मेदवारलाई पनि जिताउँदै संघ र प्रदेशमा एमालेको सरकार बनाउँदै विकास गर्न सुझाए । आफुहरुलाई बोल्ने भन्दा पनि काम गर्ने नेता चाहिएको भन्दै भगबती चौधरीसँग राजनीतिक, आर्थिक र सामाजिक अनुभव भएकाले एकपटक मौका दिनै पर्ने पनि बताए ।

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved